सफलताको सूत्रः स्टिभ जब्सबाट सिकौँ, कामप्रतिको चाहनाले पुर्याउँछ शिखरमा

स्टिभ जब्सबारे नसुन्ने अब त अत्यन्त कम होलान् । एप्पल कम्पनीका संस्थापक स्टिभ अहिले यो दुनियाँमा छैनन् तर उनको सोच र विश्वासले अहिले पनि विश्वमा तरङ्ग उत्पन्न गरिरहेको छ । सन् १९५५ मा जन्मेका स्टिभको मृत्यु क्यान्सरका कारण ५ अक्टोबर २०११ मा भएको थियो । 

जब्सले आफ्नो मृत्युअगाडि नै आफूलाई चाहिएको सफलता हासिल गरेका थिए । उनले जीवनमा कडा संघर्ष गरेका थिए र सफलता हासिल गरेका थिए । सफल हुन चाहनेका लागि उनले केही टिप्स दिएका पनि छन्ः

 

कामप्रति लगाव दिनुहोस्
कुनै पनि काम गर्न कोही पनि व्यक्तिको तीव्र इच्छाशक्ति हुनुपर्छ । यसको अर्थ हो, जो आफ्नो काम गर्छ, उसमा लगाव हुनु जरुरी छ । कुनै पनि काम जबरजस्ती गर्नु हुँदैन ।

 

जे हुन्छ, राम्रैका लागि हुन्छ 
स्टिभ जब्सको जीवनमा निकै धेरै उतारचढाव आए । उनी सधैं आफूलाई केही नराम्रो हुँदा पनि त्यसमा केही राम्रो अवश्य हुने सोच्थे । यही कुरा गीतामा पनि भनिएको छ । तर, हामी यसलाई मान्दैनौँ । तर, जब्स यो कुरालाई मान्थे । 



 

आफ्नो काममा गुणस्तर राख्नुहोस्
सफलताको सबैभन्दा ठूलो कुरा भनेको आफ्नो काममा विशेष ध्यान दिनु र त्यसको गुणस्तर कायम राख्नु हो । जब्सले जे प्रोडक्ट भए पनि त्यो गुणस्तरीय भएमा सबैको ध्यान जित्न सकिने बताएका थिए ।



 

टिममा विश्वास राख्नुहोस्
जब्सका अनुसार यदि तपाईं कुनै टिममा काम गर्दै हुनुहुन्छ भने टिमको काममा विशेष ध्यान दिनु जरुरी छ । यसो गरिएन भने आफैंलाई घाटा हुने जब्सको विश्वास थियो । 

 

आलोचक र प्रतियोगीबाट सिक्नुहोस्
आफ्ना प्रतिस्पर्धी के गरिरहेका छन् भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ । आलोचकबाट पनि सधैं केही न केही कुरा सिकिरहनु भनेको आफूलाई सफलतामा डोर्याउनु हो भन्ने जब्सको विश्वास थियो ।
 

  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार ४:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया