भारतको चन्द्रायान २ मा पाकिस्तानको प्रतिक्रियाः मुनमा होइन, मुम्बईमा अवतरण भयो भारतकाे खेलाैना

एजेन्सी– ४७ दिनको यात्रा पछि चन्द्रयान–२ को चन्द्रमाभन्दा २.१ किलोमिटर मात्र टाढा हुँदा भारतीय अन्तरीक्ष अनुसन्धान केन्द्र (इसरो)सँग सम्पर्क टुट्यो । 

चन्द्रयान २ को ल्यान्डर विक्रम अन्तिम दुई किलोमिटर टाढा हुँदा सम्पर्कबाट अलग्गिएको र यसको डाटाको विश्लेषणको काम सुरु भएको इसरोको प्रमुखले बताएका छन् । यही ल्यान्डरको सहयोगमा चन्द्रयान २ चन्द्रमाको सतहमा पुग्ने भनिएको थियो । 

इसरोका अध्यक्ष सिवनले भनेका छन् पहिले सबै कुरा ठिकठाक थियो । तर, चन्द्रमाको सतहभन्दा २.१ किलोमिटर टाढा हुँदा मात्र चन्द्रयानको सम्पर्क टुट्न पुग्यो । उनले यो विषयमा आएका डाटाहरुको विश्लेषण सुरु भएको पनि बताएका छन् । अहिलेसम्म अमेरिका, रुस तथा चीनले मात्र चन्द्रमामा आफ्ना अन्तरिक्षयानको सफ्ट ल्यान्डिङ गर्न सकेका छन् । भारतले यो उपलब्धि हासिल गर्नबाट अब दुई कदममात्र पछाडि रहेको छ । 

भारतका प्रधानमन्त्री यो ऐतिहासिल पललाई हेर्न शुक्रबार नै बेंगलुरुमा रहेको इसरो केन्द्रमा पुगेका थिए । तर, उनी शनिबार निराश भएर फर्किए । त्यसो त उनले वैज्ञानिक काममा असफलता कहिल्यै नहुने भन्दै त्यहाँका वैज्ञानिकको हौसला बढाएका छन् । 

चन्द्रमामा नै ल्यान्ड गर्न नसके पनि यसलाई सफल अभियानका रुपमा भारतमा हेरिएको छ । उता, पाकिस्तानमा चाहिँ यही विषयमा निकै धेरै व्यंग्य गरिएको छ ।

पाकिस्तानका विज्ञानमन्त्री नै यसमा जोडिएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटलाई रिट्विट गर्दै लेखेका छन्, ‘मोदीजीले स्याटलाइट कम्युनिकेसनमाथि भाषण दिइरहेका छन् । मानौँ उनी नेता होइनन्, एक अन्तरिक्षयात्री हुन् । लोकसभामा मोदीलाई एउटा गरीब मुलुकको ९ सय करोड रुपैयाँ बर्बाद पारेकामा प्रश्न सोध्नु आवश्यक छ ।’



उनी यतिमा नै रोकिएका छैनन् । उनले अर्को पनि ट्विट गरेका छन् । त्यसमा उनले इन्डियाफेल्ड ह्यासट्याग प्रयोग गरेका छन् । अझ केही प्रतिक्रिया दिनेहरुलाई त उनले सुत्न सल्लाहमात्र दिएका छैनन्, मुनमा नभएर उनीहरुको खेलौना मुम्बईमा उत्रिएको समेत भन्न भ्याएका छन् । 

पाकिस्तानमा ट्विटर प्रयोगकर्ताहरुले यही विषयमा कश्मिरको विषयसमेत जोड्न भ्याएका छन् ।



  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार १४:३४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया