मानिसहरु किन देब्रे हातले लेख्छन् ?

एजेन्सी– विश्वमा केही मानिसहरु आफ्नो देब्रे हातले लेख्छन् । तर, किन ? 

यो प्रश्न अब झन् ठूलो पहेली बनेको छ जसबारे अहिलेसम्म भएका वैज्ञानिक खोजहरुले ठोस उत्तर पाएका छैनन् । 

तर, अब बेलायती वैज्ञानिकहरुले आफ्नो शोधमा पाएका छन् कि यसका लागि मानिसको जीन नै जिम्मेवार छ । 

मानिसहरुको डिएनएमा एउटा जीन रहेको हुन्छ जसले मानिसहरुलाई देब्रे हातले लेख्ने बनाउँछ । यसले मानिसको मस्तिष्कको बनावट तथा उसले काम गर्ने तरिका एवं भाषाको क्षमतामा विभिन्न असर पुर्याउँछ । 

अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार यही कारणले जो मानिसहरु देब्रे हातले काम गर्छन् वा लेख्छन्, उनीहरु आफ्नो बोलाइ तथा अन्य विषयमा पनि अझ राम्रो पर्फमेन्स गर्न सक्छन् । 

तर, अझै पनि कतिपय प्रश्नहरुको जवाफ आउनै बाँकी छ । यसमा सबैभन्दा ठूलो प्रश्न यो हो कि देब्रे हात वा दाहिने हात जुन बढी प्रयोग भए पनि त्यसले मस्तिष्कको विकासमा कस्तो सम्बन्ध राख्छ ? 



विश्वमा दशजनामा एकजनाले आफ्नो देब्रे हात प्रयोग गरेर काम गर्ने बताइएको हुन्छ । 

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा पनि देब्रे हातले लेख्थे ।



बेलायतमा गरिएको यो शोधमा चार लाख मानिसहरुलाई सम्मिलित गराइएको थियो । यीमध्ये ३८ हजारमात्रै लेफ्ट ह्यान्डेड अर्थात् देब्रे हात प्रयोग गर्नेहरु थिए । यसबाट वैज्ञानिकहरुले कुन व्यक्तिले कुन हातले काम गर्छ भन्ने कुरा जीनमा आधारित हुने बताएका छन् ।

यो शोधले मानिस देब्रे हात प्रयोगकर्ता हुनुमा कोशिकाको भित्री संरचनालाई बनाउने साइटोस्केलेटनसँग जोडिएको हुने बताएको छ । देब्रे हात बढी प्रयोग गर्नेहरुको मस्तिष्कको दाहिने तथा बायाँ हिस्सा दुवै राम्रोसँग काम गर्ने भएकाले देब्रे हात प्रयोग गर्नेहरुको भाषा राम्रो हुने बताइएको छ । 

सँगसँगै देब्रे हात प्रयोग गर्नेहरु स्किजोफ्रेनियासँग जोडिएको हुने वा ग्रसित हुने पनि बताइएको छ ।

  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार १५:१०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया