बच्चाबाट गराउनुहोस् दान, सपरिवार गर्नुहोस् तीर्थयात्रा

एजेन्सी– कहिलेकांही कडा मेहनेत गर्दा पनि सफलता मिलिरहेको हुँदैन । यसको कारण हाम्रो दुर्भाग्य भएको मानिन्छ । हामीमा भएको नकारात्मक ऊर्जाका कारण पनि कतिपय काममा हामीले असफलता पाइरहेका हुन्छौँ । सफलताका लागि चाहिँ जति मेहनेत गर्नुपर्छ, त्यति गरिरहेका पनि हुनसक्छौँ । तर, शास्त्रमा भनिएको छ, मेहनेतले मात्र हुँदैन, सफलताका लागि भाग्य पनि हुनुपर्छ । तर, यसका लागि के गर्ने त ? 

शास्त्रका कुरा मान्ने हो भने विहान उठ्नेवित्तिकै भगवानको स्मरण गर्नुपर्छ । नित्य हनुमान चालिसाको पाठ गर्दा अझ सफलताका लागि सहज हुन्छ । भाग्यको साथ पाउनका लागि परिवारसहित तीर्थ यात्रा जान पनि ज्योतिषीहरु सल्लाह दिन्छन् । परिवारसहित तीर्थयात्रा जाँदा परिवारमा धन तथा सम्पत्ति बढ्न सक्ने अनुमान गरिएको हुन्छ । 

अनि यस्ता तीर्थयात्रामा बच्चाहरुबाट दान गराउन सल्लाह दिइन्छ । किनकि बच्चाहरुको मन निश्छल हुन्छ, कोमल हुन्छ । यस्तो गर्दा पूरै परिवारमा सौभाग्यको वृद्धि हुने मानिएको छ । राति सुत्नुभन्दा अगाडि एउटा भाँडोमा पानी भरेर बिस्ताराको छेउमा राख्न पनि सल्लाह दिइन्छ । अनि विहान उठेपछि त्यो पानी कुनै रुखमा हाल्दा राम्रो हुने विश्वास लिइएको छ । यसले पनि हामीमा भएको नकारात्मक ऊर्जा सकिने विश्वास छ ।





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार १८:५७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया