काठमाडौं– काठमाडौंको माछापोखरीबाट सातजना पेस्तोल र गोलीसहित पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार अपराह्न ४ बजे प्रहरीले गुण्डागर्दीमा संलग्न रहेका सातजनालाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेकाहरूको पहिचान भने गोप्य राखेको छ । पेस्तोलसहित पक्राउ परेकाहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरू गुण्डागर्दीमा संलग्न रहेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । उनीहरूले माछापोखरी र बालाजु क्षेत्रलाई गुन्डागर्दीको आधारक्षेत्र बनाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।