सर्टकर्ट होइन, संघर्षले पुर्याउँछ शिखरमा

एजेन्सी– यो निकै पहिलेको कुरा हो । हाम्रै भक्तपुरमा एक व्यापारी रहेछन् । उनले आफू रिटायर्ड हुने भएकाले आफ्ना तीन छोरामध्ये कसलाई आफ्नो सम्पत्ति हस्तान्तरण गर्ने होला भन्ने सोचमा रहेकाले तीनै छोरालाई बोलाएछन् । 

एक दिन उनले तीनै जना छोरालाई बोलाएर एक मुठी माटो दिएर उनीहरुको बुद्धिबारे चेकजाँच गर्ने सोच बनाएछन् । 

एक महिनापछि फेरि तीनै छोरालाई बोलाएर उनले सोधेछन्– तिमीहरुले के गर्यौ मैले दिएको माटो ? 

पहिलो छोराले आफूलाई माटोको कुनै काम नभएकाले त्यसलाई फालिदिएको बताएछ । दोस्रोले त्यसमा रुख रोपेको र त्यसले राम्रो होला भन्ने आफूले आश गरेको बताएछन् । 

तेस्रो छोराले चाहिँ केही दिन त्यो माटो यत्तिकै राखेको, त्यसबारे गम्भीर भएर सोचेको बताएछ । उसले भनेछ, ‘तपाईंले दिएको माटो यत्तिकै जे पायो त्यही होला भन्ने मैले सोचेको थिइनँ, त्यसैले मैले त्यो माटो प्रयोगशालामा लगेँ, त्यसलाई परीक्षण गरेँ । र, पत्ता लाग्यो कि त्यो त औद्योगिक रुपमा प्रयोग गर्न मिल्ने माटो रहेछ । त्यसैले मैले यही माटोलाई लिएर कारखाना बनाउने कार्ययोजना बनाएको छु ।’

ती उद्योगपतिले आफ्नो कान्छो छोराको यो बुद्धिमता देखेर निकै खुसी भएकाले उनलाई धन्यवाद मात्र दिएनछन्, आफ्नो सबै सम्पत्ति पनि ती छोरालाई दिएछन् । 



यसको अर्थ हो जीवनमा सफलता पाउनका लागि हामीले साना कुराहरुलाई पनि नजरअन्दाज गर्नु हुँदैन । बरु तीनमा रहेको विराटता खोज्नुपर्छ । यसको लागि समय त लाग्छ तर सटकट रुपमा भन्दा यस्तो प्रक्रियाबाट सफलतामा छिटो पुग्न सकिन्छ ।’ 



  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार १९:७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया