फोन हेर्दा पनि हुनसक्छन् यी समस्या

काठमाडौं– मानिसहरु अहिले को होलान् जसलाई फोन हेर्न मन नलागोस् ? को होलान् जसले फोनमा फेसबुक वा अन्य सामाजिक सन्जाल चलाउनेबारे सोच्नै नसकुन् ? 

तर, फोन हेर्नका लागि हामीले थोरै भए पनि घाँटी झुकाउनै पर्छ । यसले गर्दा चाहिँ मानिसमा अनेकथोक समस्या हुनसक्ने विभिन्न अध्ययनले देखाएका छन् । यसका कारण यौन समस्या मात्र होइन, हाम्रो उचाइ पनि कम हुँदै जाने अध्ययनले देखाएको छ । 

यो जर्नल क्लिनिकल एनाटोमीमा प्रकाशित भएको समाचार हो । यसमा आएको निष्कर्ष अकांर्सस विश्वविद्यालयका शोधकर्ताहरुले पत्ता लगाएका हुन् । उनीहरुले लामो समयसम्म इलेक्ट्रोनिक उपकरण समाउँदा विभिन्न समस्या देखिने बताएका छन् । यसका कारण घाँटीमा समस्या हुने र यसले उचाइ बढ्ने कुरालाई रोक्ने त्यो अध्ययनले निष्कर्ष निकालेको छ ।





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार १९:२९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया