काठमाडाैं— कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त हुँदै गएको आरोप लगाएका छन् । विपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसरमा शनिबार नेपाल तरुण दलले भिमादमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले दिनहुँ भ्रष्टाचारका काण्ड सार्वजनिक हुँदा पनि सरकार टुलुटुलु हेरेर मात्र बस्ने गरेको बताए ।
‘यो सरकार आएदेखि भ्रष्टाचार मौलायो,’ उनले भने, ‘दुई तिहाईको सरकार बनेदेखि देशमा सुशासन हराउँदै गएको छ ।’ उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग साना कर्मचारी कारबाहीमा केन्द्रीत भएर ठुला माछा समाउन चुकेको बताए ।
उनले राज्य दिनहुँ टाँट पल्टेको उल्लेख गर्दै कुरा मात्र गरेर समृद्धि र विकास नहुने स्पष्ट पारे । ‘भाषणले मात्र देश विकास हुँदैन,’ उनले भने, ‘पानी जहाज, रेल, घरघरमा ग्याँस भनेर जनता झुक्याउने सरकारले यति लामो अवधिसम्म केही गर्न सकेन् ।’
उनले जनतालाई नझुक्याउन सरकारलाई चेतावनी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।