हृदयघात रोकिदिने सिरानी !

एजेन्सी– वैज्ञानिकहरुले मानवीय स्वास्थ्यलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका हुन्छन् । त्यसैले पनि हुनुपर्छ, अहिले स्मार्ट सिरानी बनेको छ । यो सिरानी त्यस्ता व्यक्तिहरुलाई फाइदाजनक सावित हुनसक्छ जसलाई टाउकोमा समस्या हुँदा प्राथमिक उपचारको आवश्यकतासमेत पर्न सक्छ । वैज्ञानिकका अनुसार यो सिरानी त्यस्ता व्यक्तिहरुलाई अझ बढी लाभदायक हुनसक्छ जसको मुटुको धड्कन छिनछिनमा अचानक फेरिने गरेको छ ।

खासमा यो सिरानीमा के छ भने यसमा एउटा कार्डियक अरेष्ट हुँदा थाहा दिने एउटा सेन्सर लगाइएको छ । यो सेन्सरले टाउकोमा पर्ने दबाबबारे थाहा पाउँछ र बाहिर यसबारे जानकारी दिन्छ । 

टाउकोमा रक्तसन्चारको कस्तो दबाब परेको छ भने थाहा पाउन पनि यो सिरानी निकै उपयोगी हुने वैज्ञानिहरुले बताएका छन् । त्यसैले मुटुको समस्या भएका व्यक्तिहरुलाई यो सिरानी निकै फलदायी हुनसक्ने अनुमान गरिएका छन् । 





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार १९:४६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया