साहरुखले पाए आफूलाई मन पर्ने स्क्रिप्ट

एजेन्सी– बलिउडका किङ पनि भनिने साहरुख खानले निर्देशक अली अब्बास जफरको फिल्ममा काम गर्ने सम्भावना बढेको छ । साहरुखले यसअघि आनन्द एल रायको फिल्म जिरोमा काम गरेका थिए । यो फिल्ममा क्याट्रिना कैफ र अनुष्का शर्मा पनि थिए । 

तर, फिल्मले बक्स अफिसमा राम्रो गर्न सकेको थिएन । यो फिल्मपछि साहरुखले अरु कुनै फिल्म साइन गरेका छैनन् । बरु उनी परिवारसँग समय बिताइरहेका छन् । तर, अब उनी अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रमा देखिने सम्भावना बढेको भारतीय पत्रपत्रिकाले लेखेका छन् । 

अर्को चर्चा चाहिँ के हो भने शाहरुख खानले अली अब्बास जफरको एक्सन फिल्ममा पनि काम गर्न सक्नेछन् । शाहरुखले यो स्क्रिप्ट निकै मन पराएको र यो उनको चाहअनुसारकै फिल्म भएको बताइएको छ । तर, यसबारे शाहरुखले औपचारिक रुपमा केही बताएका छैनन् । बरु केही समयअघि उनले अब आफूले सोचेर मात्र फिल्म साइन गर्ने बताएका थिए । 





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार २०:६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया