प्रियंकाको चाहनाः आमा बन्ने, घर किन्ने

एजेन्सी– बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय हलिउडमा पनि निकै छाएकी छिन् । त्यसैले विश्वका ठूला पत्रिकाहरुले पनि उनका अन्तर्वार्ता लिइरहेका छन् । त्यस्तै, फेसन म्यागजिन भोगलाई उनले एउटा अन्तर्वार्ता दिएकी छिन् जुन अहिले भारतमा पनि निकै चर्चा भइरहेको छ । 

‘मेरालागि घर त्यही हो, जहाँ म खुसी हुन्छु,’ उनले अन्तर्वार्तामा भनेकी छिन्, ‘जहाँ मेरो वरपर मेरा आफन्त रहन्छन्, जसलाई म माया गर्छु । अब बच्चा पाउनु र एउटा घर किन्नु मेरो चाहनाको सूचीमा रहेको छ ।’

त्यही अन्तर्वार्तामा प्रियंकाले पति निक जोनसको पनि प्रशंसा गर्न भ्याएकी छिन् । उनले भनेकी छिन्, ‘हामी त घरमा सँगसँगै गाइरहेका हुन्छौँ । म रेडी हुँदा उनी पियानो बजाएर मलाई कुरिरहेका हुन्छन् ।’ उनले आफू अहिले हलिउडमा भए पनि सबै कुरा भारतबाट सिकेर गएको पनि बताएकी छिन् । 





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार २१:३०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया