ट्रम्पले तालिबानसँगको वार्ता रद्द गरिदिए

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग हुने भनिएको शान्ति सम्झौताबाट पछाडि हट्ने घोषणा गरेका छन् । 

ट्रम्पले एकपछि अर्को ट्विट गर्दै उनले आइतबार तालिवान नेता तथा अफगानिस्तानका राष्ट्रपतिसँग हुने भनिएको एउटा गोप्य बैठक पनि रोकिदिएको बताएका छन् । 

उनले काबुलमा भएको बम विस्फोटपछि यो कदम उठाएको बताएका छन् । केही दिनअघि काबुलमा भएको एक बम विस्फोटमा अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएको थियो । तालिबानले यो हमलाको जिम्मेवारी लिएको थियो ।

यसअघि अमेरिकाका राजदूत जल्मे खलीलजादले सोमबार तालिबानसँग् एउटा सैद्धान्तिक उपायमा वार्ता तथा शान्ति सम्झौता हुने बताइएको थियो । उनले नै यो सम्झौतामा अन्तिम स्वीकृति चाहिँ राष्ट्रपति ट्रम्पले दिनु पर्ने बताएका थिए । 

प्रस्तावित सम्झौताअनुसार अमेरिकाले २० सातामा आफ्ना ५४ सय सैनिक अमेरिका फिर्ता लैजाने भन्ने थियो । 



सन् २००१ मा अमेरिकी सैन्य अभियानपछि अफगानिस्तानमा चरमपन्थी संगठनहरुको निकै ठूलो सक्रियता रहेको छ । 

तलिबान अहिले पनि अफगानिस्तान सरकार अमेरिकी कठपुतली हो भन्दै सोझै अमेरिकासँग वार्ता गर्न चाहन्छ । सन् १९९६ देखि तालिबानले सन् २००१ सम्म अफगानिस्तानमा शासन गथ्र्यो । 



  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार ९:५३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया