दबंग ३ डिसेम्बरमै

एजेन्सी– बलिउडका भाइजान भनेर चिनिने सलमान खानका फ्यानहरुलाई निकै खुसीको कुरा छ । यो हो, उनको फिल्म दबंग ३ डिसेम्बरमा रिलिज हुने भएको छ । 

भरतीय अखबार बम्बे टाइम्समा छापिएको एक अन्तर्वार्तामा फिल्मकी अभिनेत्री सोनाक्षी सिन्हाले यो कुराको कन्फर्म गरेकी हुन् । उनले दबंग ३ डिसेम्बरमा नै रिलिज हुने बताएकी छिन् । यसअघि यो फिल्म २०२० को इदमा सर्न सक्ने अनुमान गरिएको थियो । 

अन्तर्वार्तामा सोनाक्षीले दबंग सिरिजमा काम गर्दा आफू निकै खुसी भएको बताएकी छिन् । आफ्नो पहिलो फिल्म नै दबंग भएको र अहिले पनि त्यही सिरिजको तेस्रो फिल्ममा काम गर्नु आफूलाई घर फर्किएको जस्तो अनुभव भएको उनले बताएकी हुन् ।





  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार १०:१२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया