Sun, 22 Sep, 2019


दशैंकाे टीकाकाे साइत १० बजेर ३५ मिनेटमा
फरकधार / भदौ २२, २०७६

काठमाडाैं– यस वर्षको बडादशैंको टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा परेको छ । यस वर्षको बडादशैं २१ असाेजमा परेकाे छ । 



दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ ।

मान्यजनबाट आशिर्वाद लिनुका साथै याे दिन टीका र जमरा थाप्नु असत्यमाथि सत्यकाे जीत भएकाे प्रसङ्गमा पनि लिने गरिन्छ । टीका र जमरालाई दूर्गादेवीको प्रसादको रुपमा लगाउने प्रचलन छ । कसैकसैले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म र कसैले विजया दशमीको दिनमात्र टीका लगाउँछन् । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्