काठमाडौं– एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले सानदार खेल खेलेको छ । नेपालले बंगलादेशविरुद्ध भएको आइतबारको खेलमा बंगलादेशलाई २६२ रनको लक्ष्य दिएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको हो ।
श्रीलंकाको पी सारामा भएको खेलमा पवन शर्राफ र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे । ओपनिङमा गएका पवनले ८१ रनको योगदान दिए । उनीसँगै ओपनिङमा गएका ऋतले ३२ रन योगदान गरे । त्यसपछि केही विकेट नेपालले सस्तोमा नै गुमायो । आसिफ शेख ३ रनमा आउट भए । पाँचौ विकेटका रुपमा पवन आउट भए । त्यति बेला नेपालको स्कोर १७१ थियो । त्यसपछि सन्दीपले ३७ बल खेल्दै ५६ रनको महत्वपूर्ण योगदान दिए ।
बंगलादेशका मोहम्मद तान्जिम हुसेन र मोहम्मद शाहिन आलमले समान २(२ विकेट लिएका छन् ।
सेमिफाइनलमा पुग्ने सम्भावनालाई यथावत राख्न नेपालले यो खेल जित्नै पर्ने हुन्छ । पराजित भएमा नेपाल एक खेल अगाडि नै यू(१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।