आयुष्मान खुरानाः पकेटमनीका लागि रेलमा गितार बजाउँथे

एजेन्सी– फिल्म ‘अन्धाधुन’का लागि सर्वोत्कृष्ट अभिनेताका रुपमा नेसनल अवार्ड जितेका आयुष्मान खुराना केही दिनअघि द कपिल शर्मा सोमा पुगेका थिए । त्यहाँ उनी अभिनेत्री नुसरत भरुचासँग पुगेका थिए । 

दुवैले त्यहाँ आउने फिल्म ‘ड्रिम गर्ल’को प्रमोसनका क्रममा आफ्नो बारे केही बताए जसले अहिले भारतमा तरंग ल्याएको छ । त्योमध्ये आयुष्मान खुरानाले भनेका थिए कि उनी कलेजका दिनमा रेलमा गिटार बजाउँथे । 

कपिल शर्माले यो विषयमा आफैंले प्रश्न सुरु गरेका थिए । ‘हो, त्यो कुरा साँचो हो,’ आयुष्मानले भने, ‘म र मेरो साथी मिलेर रेलमा गिटार बजाउने गथ्र्यौँ, मानिसहरु हामीलाई पैसा दिन्थेँ । एकदिनमा लगभग एक हजार रुपैयाँसम्म हामीले कमाएका थियौँ ।’ 





  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार १४:१७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया