कर एनसेलसँग उठाऔँ: हृदयेश त्रिपाठी

काठमाडाैं— सांसद हृदयेश त्रिपाठीले न्यायोचित रुपमा कर निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको बैठकमा आइतबार विशेष समयमा बोल्दै सांसद त्रिपाठीले प्रतिव्यक्ति आयका आधारमा नेपालमा करको दर सर्वाधिक रहेको बताए । उनले औचित्यपूर्ण करको व्यवस्था गर्न माग गरे ।

न्यायलयका दुईथरि निर्णयका कारण ठूलो मात्रामा राजश्व संकलन प्रभावित बनेको उल्लेख गर्दै उनले एनसेलबाट कर असुली गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

‘कर उठाउने नै हो भने एनसेलसँग उठाऔं,’ उनले भने, ‘अदालतले घरि उठाउने घरि रोक्ने भन्छ । अदालतकै फैसलाको आधारमा झण्डै झण्डै ९ खर्ब राजश्व उठ्न बाँकी छ । त्यो उठाऔं न ।’ 

जनताबाट संकलित राजश्व विकास खर्चमा नलगाएर साधरण खर्चमा प्रयोग गर्दा सरकारको लोकप्रियतासँगै करको औचित्यमाथि प्रश्न उठ्ने गरेको उनले बताए ।





  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार १६:१६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया