एजेन्सी— चीनको वाईयुयान क्षेत्रमा आइतबार आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार बिहान पौने सात बजे भूकम्प आएको थियो । बिहान १० बजेसम्ममा भूकम्पमा परेर घाइते भएका २९ जनाको उद्धार गरिएको छ ।
घाइते सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । भूकम्प ५ दशमलव ४ म्याग्नीच्युडको रहेको थियो ।
भूकम्पका कारण कम्तीमा १७ घर पूर्ण रुपमा भत्किएको र अरु २१५ घरमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।