Mon, 23 Sep, 2019


समाजमा चलेका यी मान्यता किन छन् वैज्ञानिक ?
फरकधार / भदौ २२, २०७६

हाम्रो समाजमा कतिपय यस्ता मान्यताहरु छन् जसलाई हामीले पुरानो कुरा भनेर छोडिरहेका हुन्छौँ । तर, ती मान्यताहरुको वैज्ञानिक आधार पनि नभएका होइनन् । कतिपय यस्ता मान्यताहरुमा विभिन्न वैज्ञानिक आधारहरु भेट्न सकिन्छ । 
त्यस्तै हाम्रो समाजमा भएका केही विश्वास र तीनबारे वैज्ञानिक आधारः 



साँझ कुचो लगाउन नदिनु
साँझ परिसकेपछि घरमा कुचो लगाउनु ९बढार्नु०लाई हाम्रो समाजमा अशुभ मानिन्छ । कसिंगरसँगै लक्ष्मी बाहिर निस्कने वा ऋण लाग्ने विश्वासका कारण साँझमा कुचो लगाउन निषेध गरिएको हो । 
वैज्ञानिकता स्  पहिला–पहिला घरमा बिजुली बत्ती नहुने हुँदा सानो टुकी बालिन्थ्यो । फलस्वरूप कम उज्यालो हुने अवस्थामा कुचो लगाउँदा आवश्यक सामानसमेत बाहिर जाने हुन्थ्यो । यसकारण साँझमा बढार्न निषेध गरियो । पछि बिस्तारै यसैलाई मान्यताका रूपमा लिन थालियो । 
 
घाटबाट फर्केपछि नुहाउनु 
कसैको मलामी गएर घाटबाट फर्किएपछि अनिवार्य रूपमा नुहाउने चलन छ । शवयात्रामा समावेश भइसकेपछि ननुहाए अशुभ हुन्छ भन्ने गरिन्छ ।
वैज्ञानिकता स् लासमा अत्यधिक मात्रामा ब्याक्टेरिया हुन्छन् । ती ब्याक्टेरियाको सम्पर्कमा आउँदा बिरामी हुने सम्भावना बढी हुन्छ । नुहाएमा ती पखालिन्छन्, अनि हाम्रो शरीरलाई असर गर्न पाउँदैन । 
 
महिनावारी हुँदा मन्दिर र भान्सामा प्रतिबन्ध लगाउनु
महिनावारी भएका महिलालाई मन्दिर र भान्सामा प्रवेश गर्न बन्देज लगाइन्छ । अझ छुवाछुत नै गरिन्छ । कतिपय ठाउँमा त अलग्गै निवासमा राखिन्छ । छोएमा फोहोरी र अशुभ मानिन्छ । कुलदेवता रिसाउँछन् भन्ने मान्यता छ । 
वैज्ञानिकता स्  महिनावारी हुँदा महिला शारीरिक रूपमा कमजोर हुन्छन् । यो वेला पेट र कम्मर दुख्ने गर्छ र उनीहरूमा काम गर्ने ऊर्जा हुँदैन । साथै, यो अवस्थामा यदि सरसफाइको कमी भएमा ब्याक्टेरिया फैलने सम्भावना रहन्छ । यसले पूरै परिवारलाई क्षति पु(याउन सक्छ ।

यात्रामा निस्किनुअघि  दही खानु 
घरबाट बाहिर निस्कँदा आफ्नो परिवारका सदस्यलाई दही खुवाइन्छ । उसलाई परदेशमा भाग्यले साथ देओस् भन्ने मान्यताअनुसार यसो गरिएको हो । दही खुवाउनुलाई यात्राको शुभ संकेत पनि मानिन्छ । 
वैज्ञानिकता स् पहिलेको जमानामा यायायातका साधन हुँदैनथे । यसर्थ, हिँडेर एक ठाउँबाट अर्को ठाउँमा जानुपथ्र्यो । दही वा दहीमा चिनी मिसाएर खाँदा शरीरमा ताजापन र चिसो महसुस हुन्छ । साथै, ग्लुकोजको मात्रा बढ्ने र शरीरमा ऊर्जा थप्ने काम गर्छ । अनि, यात्रा सहज बनाउन मद्दत पुग्छ । 

ढोकामा कागती  र खुर्सानी झुन्ड्याउनु
बाहिरी कुदृष्टिबाट घर–परिवारलाई बचाउन भन्दै ढोकामा कागती र खुर्सानीको माला बनाई झुन्ड्याउने गरिन्छ । 
वैज्ञानिकता स्  कागती र खुर्सानी साइट्रिक एसिडको राम्रो स्रोत हो । तसर्थ, यिनले बाहिरी ब्याक्टेरियालाई नष्ट गर्छन् । यसरी परिवारको स्वास्थ्य राम्रो राख्न मद्दत पुग्छ ।
 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्