हेल्दी लाइफका लागि ४ फर्मूला

एजेन्सी– शरीर स्वस्थ भए मात्रै मस्तिष्क पनि स्वस्थ हुन्छ । जुन मान्छे स्वस्थ हुन्छ, त्यो जुनसुकै क्षेत्रमा पनि सफल हुन्छ । किनभने स्वस्थ मान्छेको शरीर र दिमाग पूर्ण रूपमा सक्रिय हुन्छ । स्वस्थ रहनका लागि केही यस्ता उपाय छन्, जो धेरै उपयोगी हुन्छन् र वैज्ञानिक दृष्टिकोणबाट पनि राम्रो मानिन्छन् । केही यस्ता उपायः

१. तामाको भाँडामा राखिएको पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तामामा ब्याक्टेरियानाशक गुण हुन्छ । यसले संक्रमण हुनबाट बचाउने गर्छ । तामाको भाँडामा राखिएको पानी फोक्सोका लागि पनि लाभदायक हुन्छ ।

२. शरीरलाई निद्रा मात्र होइन, पूर्ण रूपमा आराम दिनुपर्छ । आठ घन्टा सुत्नु मात्र राम्रो होइन, सुत्नुपहिले इलेक्ट्रोनिक सामानलाई टाढा राख्नुपर्छ । किनभने यसले दिमागलाई असर गर्छ र आराम गर्न दिँदैन । यसले गर्दा आठ घन्टा सुते पनि आराम महसुस हुँदैन ।

३. खानेकुरामा ध्यान दिनुपर्छ । आवश्यकभन्दा बढी खानाले शरीरमा हानि पुर्याउन सक्छ । त्यसैले आफ्नो शारीरिक गतिविधिअनुसार नै आहारको निर्धारण गर्नुपर्छ । कम वा हल्का खाना खाँदा राम्रो । किनभने यसले पेटमा पनि समस्या हुँदैन र मधुमेहजस्ता समस्या पनि हुँदैन ।

४. बस्दा सीधा भएर बस्ने । हामी प्रायः बसेरै दिन बिताउँछौँ । त्यसरी बस्दा कम्मर वा शरीरको पोस्चर राम्ररी नमिलेमा अन्य अंगमा दबाब पर्छ । यसले दुखाइ महसुस हुन्छ । त्यसैले बस्ने वेला ढाड सीधा बनाएर बस्नुपर्छ ।





  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार २१:४०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया