सैनिक एकल महिला र घाइते परिवारका हित विपरीत भएको निर्णय खारेज गर्न माग

काठमाडाैं-  सैनिक एकल महिला तथा घाइते परिवार संघले दोहोरो सेवा सुविधा नदिने मन्त्रीपरिषद बैठकको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । संघकी संस्थापक अध्यक्ष लिली थापाले पीडामा परेका सैनिक एकल महिला र घाइते परिवारको हित विपरीत मन्त्रीपरिषद बैठकबाट भएको निर्णय खारेज गर्न सरकारसँग माग गरिन् । 

काठमाडौंमा आइतबारबाट सुरु भएको संघको राष्ट्रिय कार्याशाला गोष्ठीमा बोल्दै उनले सेनाको प्रतिष्ठामा आँच आउने गतिविधि संघबाट नहुने पटक-पटक दोहोर्याइन । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले प्रक्रिया पुर्याएर राखेका माग पूरा गर्न सरकार तत्पर रहेको बताए । उनले सैनिक एकल महिला तथा घाइते परिवारलाई सेवा, सुविधा थप गर्ने काममा नेपाल सरकार लागि परेको स्मरण गराए । 

पोखरेलले नेपाली सेनामा आबद्ध रहेका पीडितहरुको समस्या समाधानका लागि आवश्यक परे मन्त्रीपरिषद बैठकबाट निर्णय गराएर पनि कार्यान्वयनमा लैजाने दृढता व्यक्त गरे ।





  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार २१:४४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया