निद्रा लाग्ने औषधिले स्वास्थ्यमा पार्ने ५ खतरा

निद्रा परेन भनेर सुत्नका लागि औषधिको सहारा लिने थुप्रै छन् । कोही डाक्टरको सल्लाहमा त कोही सल्लाहविनै यस्ता औषधिको प्रयोग गरिरहेका छन् । 

यी औषधिले केही समयका लागि राम्रो काम गरेजस्तो अनुभव मिल्छ । औषधि खाएपछि सजिलै निदाउन सकिने हुँदा बढी ‘स्ट्रेस’मा रहने मानिसहरू डाक्टरको सल्लाहविनै औषधि सेवन गर्न थाल्छन् । तर, यस्ता औषधिको सेवन गर्ने बानी स्वास्थ्यका लागि घातक हुन सक्छ । 

यस्ता छन् निद्रा लाग्ने औषधिको सेवनबाट स्वास्थ्यमा पर्न सक्ने खतराहरू :

१. गर्भावस्थाका शिशुलाई हानिकारक

गर्भवती महिलाले निद्रा लाग्ने औषधिको प्रयोग गर्भमा रहेकाे बच्चाका लागि हानिकारक हुन्छ ।

धेरैजसाे अवस्थामा चिन्ताका कारण  निद्रा नलाग्ने हुन्छ । चिन्ता बढ्दै जाँदा गर्भवती महिलाको पेटमा भएको बच्चामा विभिन्न प्रकारका शारीरिक असर पर्न सक्छ ।



यदि गर्भावस्थामा निद्रा नपर्ने समस्या देखियो भने डाक्टरको सल्लाहअनुसारको औषधि मात्र सेवन गनुपर्दछ । 

२. हृदयघातको निम्तो 



निद्रा लाग्ने औषधिको प्रयोगले मानिसमा हृदयघातको जोखिम बढ्ने डाक्टरहरू बताउँछन् ।

यस्तै, वैज्ञानिकहरूका अनुसार निद्रा लाग्ने औषधिको लगातार सेवनले मुटुसम्बन्धी विभिन्न रोगहरू उत्पन्न गर्न सक्छ । यस्ता औषधिको सेवनले रक्तचाप बढ्ने, टाउको दुख्ने, रक्तनलिमा समस्या हुने गर्दछ । 

३. कोमामा जाने खतरा

जो मानिस दिनको एक चक्कीभन्दा बढी निद्रा पर्ने औषधि सेवन गर्छन्, ती मानिस कोमामा जाने खतरा बढी हुन्छ । दमको समस्या भएका मानिसमा यस्तो खतरा ज्यादा हुन्छ । 

४. सम्झने शक्तिमा ह्रास 

लामो समयसम्म निद्रा पर्ने औषधि प्रयोग गर्ने मानिसको सम्झने शक्ति कमजोर हुने गर्दछ ।

निन्द्रा पर्ने औषधिले मानिसको मस्तिष्कमा असर गर्छ । जसका कारण मानसिक रोगहरूको जोखिम बढ्छ । 

५. थकान बढ्ने

दैनिक निद्रा पर्ने औषधिको सेवन गर्ने मानिसमा आलस्य, थकान देखिने गर्छ । धेरै औषधिको प्रयोग गर्दा भोक पनि हराउँदै जान्छ । 
 

  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार २२:४८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया