Mon, 23 Sep, 2019


चार्ल्स डार्विनकाे कथा: पहिले ईश्वरभक्त थिए, पछि चर्चकाे विराेध गरे
फरकधार / भदौ २२, २०७६

‘म एक बूढो र रोगी व्यक्ति हुँ, मेरा पहिल्यैबाट धेरै काम बाँकी छन् । यस्तोमा तपाईंका सम्पूर्ण प्रश्नको उत्तर दिन म समय खर्चिन सक्दिनँ, न त सबै प्रश्नका उत्तर दिन सक्षम छु । विज्ञान र जिसस क्राइस्टको अस्तित्वसँग कुनै लेनदेन पनि छैन । मलाई विश्वास छैन कि कुनै पनि दूतलाई ईश्वरले प्रकृति र मानिसको सृष्टिमा समावेश गरेको आफ्नो उद्देश्य बताए ।’ 



यी पंक्तिहरु चार्ल्स डार्विनले सन् १९७९ मा आफ्नो जर्मन विद्यार्थीका लागि लेखेको पत्रबाट साभार गरिएका हुन् । उनका छोरा फ्रान्सिस डार्विनले आफ्नो पुस्तक ‘द लाइफ एण्ड लेटर्स अफ डार्बिन’ मा यो पत्र समावेश गरेका छन् । आफ्नो पिताबारे बताउँदै फ्रान्सिसले आफ्नो पुस्तकमा लेखेका छन्, ‘धर्मसँग जोडिएका मामिलामा उहाँ अक्सर चुप बस्नुहुन्थ्यो । धर्मसँग सम्बन्धित विषयमा उहाँले राख्ने विचार, धारणा ती सबै उनका नितान्त व्यक्तिगत सोच थिए, जुन उनले कहिले पनि प्रकाशित गर्ने उद्देश्य राखेर दिएका धारणा थिएनन् ।’

धर्मका बारेमा बोल्नु पर्दा उनी धेरै सोचेर र विचार गरेर मात्र बोल्थे । उनलाई धर्मका बारेमा बोल्नु नपरे पनि हुन्थ्यो जस्तो लाग्थ्यो । त्यसको बाबजुद पनि उनले लेखेका कैयौं पत्र र किताबमा उनको धर्म र भगवानप्रति विरोध रहेको कुरा प्रस्ट देख्न सकिन्छ ।

आफ्नो जीवनीमा डार्विनले लेखेका थिए, ‘सबै कुरालाई ईश्वरको वरदान र चमत्कार हो भनेर ईश्वरमा विश्वास गर्ने समझदार व्यक्तिले त्यसको प्रमाण पनि दिन सक्नुपर्छ र प्रमाण पेश गर्नु आवश्यक पनि छ । यो संसारमा जे जति पनि भएका छन् ती सबै भगवानको चमत्कार र कृपा हो भनेर कसैले भनेको सुन्ने र त्यसैलाई सत्य ठान्ने मान्छेहरु हामीहरु भन्दा सोझा र अनविज्ञ थिए ।’

क्रिश्चियन धर्मसँग जोडिएका साहित्य गस्पेल (यसमा यशुुको जीवन, मृत्यु र उनी फेरि जीवित भएका कथा छ) मा आशंका व्यक्त गर्दै डार्विनले भनेका थिए, ‘यो पुस्तकमा वर्णन भएका धेरै कुरामा मैले विरोधाभास देखेको छु । जसो–जसो मलाई यो पुस्तकमा लेखिएका कुराहरुमा मेरो विरोधाभास बढ्दै गयो ‘रेवेलेशन’ का रुपमा मेरो क्रिश्चियानिटीप्रति विश्वास कम हुँदै गएको छ ।’ 

‘द गस्पेल’ यशुका कठोर बाह्र जनामध्ये एक जना शिष्य थोमसले लेखेका थिए । उनी तिनै थोमस थिए, जो यशुपछि ५० औं शताब्दीमा उनको सन्देश लिएर भारत आएका थिए र इशापुर्व ७३ मा भारतको चेन्नेइस्थित सेन्ट माउन्टमा एक भिल (भारतीय जनजाती) को भालले मारिएका थिए । 

पहिले इश्वरको बाटोमा

चाल्र्स डार्विन सधैं यशुको विरोधी थिएनन् न त उनी सधैं नास्तिक नै थिए । एक समय यस्तो पनि थियो युवावस्थामा डार्विनले पादरी बन्ने तयारी पनि गरिसकेका थिए । यो कुराको खुलासा गर्दै उनले आफ्नो आत्मकथामा लेखेका छन्, ‘मेरा बाबा म पादरी बनेपछि राम्रो मान्छे बन्छस् भनेर भन्नुहुन्थ्यो । त्यसपछि मैले सोच्न केही समय मागे ताकी चर्च अफ इंगल्याण्डका सबै धर्मग्रन्थ र नियमप्रति आफ्नो मनमा विश्वास प्रकट गर्न सकुँ । त्यसै क्रममा मैले क्रिश्चियन धर्मग्रन्थ निकै सावधानीसँग अध्ययन गरे । त्यस समयमा बाइबलमा वर्णीत गरिएका हरेक शब्दलाई कठोर अनुशासन र अक्षरशः पालना गर्ने कुरामा मलाई कुनै सन्देह रहेको थिएन । त्यसपछि क्रिश्चियन सिद्धान्तको पूर्णरुपमा पालना गर्नुपर्छ भन्नेमा म अग्रसर भएँ ।’

डार्विनकी छाेरी ‘ऐनी’ को मृत्यु भएपछि उनले आफूलाई पुर्णरुपमा अनुसन्धानमा लीन गराए र आफ्नो पूरै समय त्यसैमा बिताए । यस दौरान विस्तारै–विस्तारै उनको बाइबल र धर्मप्रति भएको विश्वास उठेर गयो । 

यसबारेमा डार्विनले लेखेका छन्, ‘यी दुई वर्ष (अक्टोबर १८३६ देखि जनवरी १८३९) को दौरानमा मैले धर्मको महत्व र आवश्यकताबारे राम्रोसँग बुझ्ने मौका पाएँ । आफ्नो यात्राको सुरुवाती दिनमा म धर्मको घोर कट्टरवादी थिए । मलाई याद छ, मैले जब नैतिकतासँग जोडिएका कयाैं मुद्दामाथि बाइबलमा भएका अकाट्य सन्दर्भ पेश गर्थे तब जहाजका अधिकारी मेरो तर्कमाथि खिसी गर्थे । उनीहरु मलाई मजाकको पात्र बनाउँथे ।’ त्यसताका उनमा क्रिश्चियन धर्मग्रन्थ र सिद्धान्त धेरै हावी भएको थियो । यतिसम्म कि अनुसन्धान गर्न निस्किँदा समुद्री यात्रामा आफूसँग बाइबल पनि लिएर गएका थिए । तर त्यसपछिका हरेक यात्राका दौरानमा भने उनी धर्मबाट विस्तारै टाढा र विज्ञानप्रति नजिक हुन थाले । के कारणले यस्तो भयो उनी स्वयंले नै थाहा पाएनन् । 

समयसँगै डार्विन जतिजति आफ्नो अनुसन्धान अगाडि बढाउँदै गए धर्मप्रति उनको लगाव र आस्था त्यति नै कम हुँदै गयो । भनिन्छ कि डार्विनकी छाेरी ‘ऐनी’ को मृत्यु भएपछि उनले आफूलाई पुर्णरुपमा अनुसन्धानमा लीन गराए र आफ्नो पूरै समय त्यसैमा बिताए । यस दौरान विस्तारै–विस्तारै उनको बाइबल र धर्मप्रति भएको विश्वास उठेर गयो । 

यसबारे २४ नोभम्बर १८८० मा फ्रान्सिस एमसी डेर्मोटलाई पठाएको पत्रमा लेखेका छन्, ‘बाइबलको पवित्र रेवेलेशनमा मलाई कत्ति पनि विश्वास छैन, तपाईलाई यस्तो भन्नुमा मलाई खेद छ । यही कारणले पनि मलाई आफू जिसस क्राइस्टको सन्तान हुँ भन्नेमा विश्वास छैन ।’

(सन् २०१५ मा अमेरिकाले यस पत्रको लिलामीको बोल १९७००० अमेरिकी डलर राखेको थियो )

चर्चसँग युद्ध

सन् २००९ मा उनको जीवनीमा आधारित फिल्म ‘ओरिजिन्स अफ द स्पेसिज’ को एउटा संवादमा थोमस हेनरी हक्सले डार्विनलाई भन्छन्, ‘यसपछि ईश्वर आफूले संसारको सिर्जना एक हप्तामा गरेको दावी गर्न सक्दैनन्, तपाईले त ईश्वरको हत्या नै गरिदिनु भयो श्रीमान् ।

डार्बिन मात्र धर्मको बिरुद्धमा थिएनन् । युद्ध दुवै तर्र्फबाट बराबर भएको थियो । बरु चर्च र धर्मगुरुप्रति रहेको उनको विरोधभन्दा कयौं गुना व्यापक र प्रबल विरोध उनीमाथि चर्च र धर्मगुरुहरुको थियो । 

चर्च र चर्चका अनुयायीलाई डार्बिनको मानव विकास सिद्धान्त बिल्कुलै मान्य थिएन । उनीहरुलाई लाग्थ्यो, डार्बिनको सिद्धान्तले मानव र जनावारबीचको अन्तर नै समाप्त गर्दै छ । योभन्दा पनि ठूला संगिन आरोप उनीमाथि लगाइयो । डार्बिनको सिद्धान्तले परमेश्वर, उनका शिष्य र क्रिश्चियनको प्रमुख धर्मग्रन्थ बाइबलको अस्तित्वमाथि नै प्रश्न गरेको भन्ने आरोप लगाइएको थियो । 

पृथ्वीको रचना क्राइस्टको जन्मनुभन्दा ४००४ वर्ष पहिले भएको जेम्स उसेरलगायत तमाम इसाइ धर्मगुरुको मान्यता थियो। तर, डार्बिन आफ्नो विकासको सिद्धान्तमा पृथ्वीको उत्पत्ति लाखौं–करोडौं वर्ष पहिले नै भएको बताउँथे । 

ईश्वरले सृष्टिको सिर्जना एकै हप्तामा गरेका हुन्, जसमा वनस्पती–रुख, विरुवा, जीवजन्तु, पहाडनदी र मनुष्यलाई ६ अलग–अलग दिनमा बनाएका हुन्, भन्ने कुरामा डार्विनको आपत्ति थियो । (बाइबलअनुसार ईश्वरले पहिलो दिन सुर्य र पानी, दोस्रो दिन आकाश, तेस्रो दिन ईश्वरले पानीलाई एक ठाँउमा जम्मा गरेर धर्ती र समुद्र बनाए र धरतीमा रुख–विरुवा रोपे । चौथो दिनमा आकाशमा तारा लगाए । पाचौं दिन ईश्वरले समुद्रमा बस्ने जीवजन्तु र चराचुरुङगीको सृष्टि गरे र छैटौं दिन जमिन र जनवारमा अधिकार राख्न आफ्नै छवि जस्तो मान्छे बनाए । अन्त्यमा तिनीहरुको संख्या बढोस् भन्ने आशिर्वाद दिए ।)

तर डार्विनको विकासवाद सिद्धान्तले भने यसलाई ठाडै अस्वीकार गर्छ । डार्विनको सिद्धान्तले यो प्रक्रियालाई एक मनगढन्ते कथा भएको बताउँछ । विकासवादमा आधारित किताब ‘द ओरिजिन अफ स्पेसिज’ डार्विनले ईश्वरले जीवित प्राणी र रुख–विरुवालाई अलग–अलग बनाएको लेखेका छन् ।

डार्विनको अनुसन्धानले यी सारा जीव केही निश्चित जीवहरुको वंशज भएको बताउँछ । समयसँगै भएको परिवर्तनले यी जीवहरुको रुप परिवर्तन हुँदै गयो र त्यसबाट लाखौं प्रजातिको जन्म भयो । उनका अनुसार एक पिँढीदेखि अर्काे पिँढीसम्म पुग्दा सबै कुराहरुमा थोरै–थोरै परिवर्तन हुँदै गए र पछि ती कुरामा ठूलो परिवर्तन देखियो । जस्तै माछा अन्य समुद्री जीवमा परिवर्तन हुँदै गए, बाँदर मान्छेमा । यी नै बदलावलाई ‘महाविकास’ भनिन्छ । 

यीनै ईश्वरविरोधी सिद्धान्तको प्रतिपादन गरेको हुनाले उनलाई ईश्वरको अस्तित्व मेटाउने प्रयास गरेको आरोप लागेको थियो । सन् २००९ मा उनको जीवनीमा आधारित फिल्म ‘ओरिजिन्स अफ द स्पेसिज’ को एउटा संवादमा थोमस हेनरी हक्सले डार्विनलाई भन्छन्, ‘यसपछि ईश्वर आफूले संसारको सिर्जना एक हप्तामा गरेको दावी गर्न सक्दैनन्, तपाईले त ईश्वरको हत्या नै गरिदिनु भयो श्रीमान् ।’

डार्विनभन्दा पहिले

लेनिन ब्रुनो, ग्यालिलियो, मार्काेनी र अन्य वैज्ञानिक धर्मगुरुको सजायबाट बच्न सकेनन् । ईश्वरको अस्तित्व र महिमाउपर शंका गरेको भनेर ग्यालिलियोलाई आजीवन कारावासको सजाय सुनाइएको थियो भने बु्रनोलाई ज्युँदै जलाइएको थियो ।

क्रिश्चियन धर्म र जिससको विरोध गर्ने डार्विन मात्रै थिएनन् । उनीभन्दा पहिले नै धेरै वैज्ञानिकहले क्रिश्चियन धर्मको विरोध गरिसकेका थिए । कोपरनिकस, जियोर्डानो ब्रुनो र ग्यालिलियो जस्ता विचारक र वैज्ञानिकले आफ्नो समयमा चर्च र ईश्वरबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए । चर्च र ईश्वर विरोधी धारणा राखेकाले धर्मगुरुले उनीहरुलाई सजाय पनि दिएका थिए । कपरनिकसले सिद्धान्तको प्रतिपादन आफ्नो अन्तिम समयमा गरेका हुनाले कपरनिकस धर्मगुरुको आक्रमणबाट बचेका थिए । तर लेनिन ब्रुनो, ग्यालिलियो, मार्काेनी र अन्य वैज्ञानिक धर्मगुरुको सजायबाट बच्न सकेनन् । ईश्वरको अस्तित्व र महिमाउपर शंका गरेको भनेर ग्यालिलियोलाई आजीवन कारावासको सजाय सुनाइएको थियो भने बु्रनोलाई ज्युँदै जलाइएको थियो ।

सायदै यही कारणले डार्विनले आफ्नो समुद्री यात्रामा आधारित किताब ‘द वायज अफ बिगल’ सन् १८३९ मा प्रकाशित गरेपनि आफूले प्रतिपादन गरेको प्राणीको विकाससम्बन्धी सिद्धान्त अनुसन्धान गरेको २० वर्षसम्म पनि प्रकाशन गर्ने हिम्मत गर्न सकेनन् । उनको यो पुस्तक प्रकाशित नहुनुको मुख्य कारण उनकी श्रीमती एमा डार्विन भएको बताइन्छ । सरल स्वाभावकी एमाको चर्चप्रति प्रगाढ विश्वास थियो, श्रीमतीको आस्थामा ठेस पुग्छ भनेर उनले प्रकाशन गरेका थिएनन् । तर, २६ जुन १८५९ मा एक प्रशंसक एवं विकासवादी सिद्धान्तका अनुसन्धानकर्ता रसेल वालेसको पत्र प्राप्त भएपछि डार्विनलाई आफ्नो पुस्तकबारे फेरि एकचोटी सोच्न बाध्य बनायो । 

डार्विनलाई लेखिएको पत्रमा वालेसले अनुसन्धान गरिरहेको पुस्तकको प्रकाशनका लागि सल्लाह मागेका थिए । यो कुराले डार्विनलाई धेरै चिन्तित बनायो । उनलाई लाग्यो यदि मैले प्रतिपादन गरेको सिद्धान्त छिटोभन्दा छिटो प्रकाशन नगरे वालेसले आफ्नो पुस्तक सबै माझ ल्याएर सम्पुर्ण श्रेय लिन्छ । त्यसपछि उनले वालेसको नाम आफ्नो अनुसन्धानमा जोडेर पुस्तक प्रकाशनको घोषण गरे । सन् १८५९ नोभेभ्बर मा ऐतिहासिक किताब ‘अन द ओरिजिन्स अफ स्पिसिजः बाइ मिन्स अफ नेचुरल सेलेक्सन’ छापियो, जसले मानव जीवनसँग जोडिएका रहस्यका पर्दाफास गर्न ठूलो काम गरे । यस किताबलाई जीव विज्ञानसँग जोडिएको विज्ञानको जग र आधार मानिन्छ । 

पुस्तक प्रकाशन भएसँगै डार्विनको कठोर आलोचना सुरु भयो । आलोचना यति धेरै भयो कि उनले सहन नसकेर ‘यो नर्क हो’ भनेका थिए । चर्चसँगै उनलाई मिडियाले पनि पेल्न सुरु गर्यो । उक्त पुस्तकको संसारभर चर्चा हुन थालेकोे थियो । पुस्तकले युरोप र अमेरिकाका धेरै मान्छेलाई भित्रैदेखि हल्लाएको थियो । परिणामस्वरुप पुस्तक प्रकाशन पछि अमेरिका र युरोपका केही स्कुल र कलेजमा ‘डार्विन थ्योरी’ पढाउन निषेध लगाइएको थियो । डार्विनको सिद्धान्त पढाएको भन्दै जीव विज्ञानका एक अमेरिकी अध्यापकलाई अदालतले आधुनिक संसारको सबैभन्दा चर्चित केस लगाएका थिए । जसलाई ‘मंकी ट्रायल’ भनिन्छ । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्