Mon, 23 Sep, 2019


विमानस्थलबाट डेढ किलो सुनसहित एक पक्राउ
फरकधार / भदौ २३, २०७६

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित एक व्यक्ति पक्राउ परेका छन् । 



सोमबार दिउँसो उनी हिमालय एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेका थिए । उनलाई विमानस्थलको भन्सार कार्यालयले पक्राउ गरेको हो । 

उनले झोलामा डेढ किलो सुन लिएर आएका थिए । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले उनीमाथि अनुसन्धान सुरु गरेको जनाएको छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्