[क्रिकेट] टेस्ट जित्ने कान्छा कप्तान बने रसिद

काठमाडौं–  भर्खरै टेस्ट क्रिकेट खेल्न थालेको अफगानिस्तानले आफ्नो तेस्रो टेस्टमा बंगलादेशमाथि फराकिलो जित हात पारेको छ । यो जितसँगै अफगानी कप्तान रसिद खान टेस्ट जित्ने विश्वकै कान्छा कप्तान बनेका छन् । 

अफगानिस्तानले आफ्ना तीनमध्ये दुई टेस्ट जितेको छ । योसँगै उसले सबैभन्दा कम खेलमा दुई जित हात पार्ने रेकर्डमा अस्टे«लियासँग बराबरी गरेको छ । पहिलो टेस्ट भारतसँग हारेको अफगानिस्तानले दोस्रो टेस्टमा आयरल्यान्डलाई हराएको थियो । तेस्रो टेस्टमा सोमबार उसले अनुभवी बंगलादेशलाई २२४ रनले हरायो । हारसँगै बंगलादेश भने टेस्ट क्रिकेटको इतिहासमा १० देशसँग हार्ने पहिलो टिम बनेको छ । 

पहिलो पारीमा ३४२ रन जोडेको अफगानिस्तानले दोस्रो पारीमा २६० रन थप्यो । बंगलादेशले पहिलो पारीमा २०५ रन मात्र जोड्न सक्यो । दोस्रो पारीमा उसले १७३ रनभन्दा थप्न सकेन । 

‘म्यान अफ द म्याच’ घोषित अफगानिस्तानका कप्तान रसिद खानले दुई पारीमा गरी ११ विकेट लिए । उनले एक अर्धशतक पनि बनाए । पहिलोपटक टेस्टमा कप्तानी गरेका रसिदका लागि यो ज्यादै ठूलो सफलता हो । २१ वर्ष पुग्नै लागेका रसिद टेस्ट क्रिकेटमा कप्तानी गर्ने र जित्ने विश्वकै कान्छा कप्तान हुन् । 





  • प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार ०:५८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया