ओली र मोदीले आज पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने

काठमाडौं– मोतिहारीदेखि अमलेखगन्जसम्मको पेट्रोलियम पाइपलाइन आज उद्घाटन हुँदैछ । 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले दिउँसो १२ बजे औपचारिक रुपमा पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

दुवैले आआफ्नो देशमा स्विच थिचेर पाइपलाइन उद्घाटन गर्दैछन् । योक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रधानमन्त्री केपी शर्मा ओली तथा अमलेखगन्ज डिपो र मोतिहारी डिपो भिडियोमा जोडिनेछन् ।

उता, भारतीय प्रधानमन्त्री कार्यालयमा नरेन्द्र मोदीले थिचेको स्विचले तेल नेपाल पठाउने र काठमाडौंमा ओलीले थिचेको स्विचले तेल अमेलखगन्जमा झर्ने व्यवस्था गरिएको छ । त्यहाँ झरेको तेल नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भण्डारण गर्न लैजानेछन् । 

यो पाइपलाइनबाट अहिले तत्कालका लागि डिजेलमात्र नेपालमा आउँदैछ । पेट्रोल पनि ल्याउन थप एक वर्ष लाग्ने सक्ने अनुमान छ । पाइपलाइनबाट दैनिक ३० हजार किलोलिटर इन्धन नेपाल भित्र्याउन सकिन्छ ।





  • प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार ९:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया