राजनीतिक दल लोकतान्त्रिक ढंगबाट चल्न नसक्दा जनतामा निराशा : कांग्रेस नेता केसी

उदयपुर– नेपाली  कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिले देशमा सरकार र राजनीतिक दलहरु लोकतान्त्रिक ढंगबाट चल्न नसक्दा जनतामा विस्तारै निराशा छाउँदै गएको आरोप लगाएका छन् ।

प्रेस युनियन उदयपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य केसीले प्रमुख प्रतिपक्षसहितका दलसमेत राम्रोसँग चल्न नसक्दा लोकतन्त्र, संघीयता र गणतन्त्र विरोधीले खेल्ने मौका पाउन थालेको बताए ।

नेता केसीले नेपाली काङ्ग्रेसभित्रको गुटबन्दी चौधौँ महाधिवेशनपछि अन्त्य हुने दाबी गर्दै गाउँका किसानको सेवा गरेर गरीब मजदूरको स्तर उठाउने गरी का‌ंग्रेस लाग्नुपर्ने धारणा व्यक्त गरे ।





  • प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार १५:३७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया