बिपीको लोकतान्त्रिक समाजवाद नयाँ ढंगले परिभाषित गर्नुपर्ने आवश्यकता : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका युवानेता प्रदीप पौडेलले बिपीको समयको लोकतान्त्रिक समाजवादलाई अहिले नयाँ ढंगले परिभाषित गर्नुपर्ने आवश्यकता रहेकाे बताएका छन् ।

बिपी जन्मजयन्तीको अवसरमा मंगलबार सुन्दरीजलस्थित बिपी संग्राहलयमा आयोजित कार्यक्रममा बाेल्दै नेता पौडेलले बिपीवादलाई मान्नेले समयसापेक्ष रुपमा परिवर्तनशील हुन जान्नुपर्ने  धारणा राखे ।

बिपीको समयमा समाज सुधारका लागि धेरै क्रान्तिकारी तथा प्रगतिशील काम भएकाे उल्लेख गर्दै पाैडेलले कांग्रेसले त्यसको स्वामित्व लिन नसकेको बताए । बिपीसँग तत्कालीन समाजभन्दा १० कदम अघि बढ्न सक्ने अद्भूत क्षमता रहेकाे भन्दै उनले अहिलेकाे पुस्तासँग समाजलाई भेटाउने शक्ति समेत नरहेकाे धारणा व्यक्त गरे ।   

नेपाली कांग्रेसको इतिहास विश्वका अरु कुनै देशको गौरवशाली राजनीतिक दलको भन्दा कम नरहेको बताउँदै पौडेलले याे बिपीजस्ता महानायककै कारण सम्भव भएकाे बताए ।

साे अवसरमा बाेल्दै  बिपी संग्राहलयका अध्यक्ष पर्शुराम पोखरेललगायत वक्ताले बिपीको विचार कार्यान्वयन नगर्दा कांग्रेस कमजोर भएको भनाइ राखेका थिए ।

बिपी जन्मजयन्तीको अवसरमा कांग्रेस पौडेलको नेतृत्वमा संग्रहालय परिसरमा १ सय ६ वटा विभिन्न प्रजातिका बोट बिरुवा रोपिएको थियो ।





  • प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार १६:१६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया