काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २.२४ बिन्दुले घटेर एक हजार १६६.६७ बिन्दुमा झरेको छ ।
अपराह्न १ बजेसम्म एक हजार ६१.९३ बिन्दुमा झरेको नेप्से क्रमशः उकालो लागेर २ बजेर २० मिनेटसम्म एक हजार १७२.८२ मा पुगेको थियो । पुनः नेप्से ओरालो लागेर बजार बन्द हुँदा एक हजार १६६.६७ मा सीमित भयो ।
नेप्से घटेपनि ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२१ बिन्दुले बढेर २५५.५७ मा पुगेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम समेत सस्तैमा समेटिएको छ ।
कुल १७२ कम्पनीको नौ लाख ९२ हजार १२२ कित्ता सेयर २३ करोड ७९ लाख ५९ हजार ६५३ मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये चार उपसमूहको सेयर वृद्धि भएको छ भने आठ उपसमूहको सेयर घटेको छ ।
होटल २८.८७, विकास बैंक, २.०६, निर्जीवन बिमा २२.८२ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले बढ्दा बैंकिङ १.७५, व्यापार ०.०१, जलविद्युत् ८.०२, वित्त ३.०१, उत्पादन १६.६६, अन्य १.७८, लघुवित्त ४.१२ र जीवनबिमा २६.२१ ले घटे ।
कारोबारका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको एक करोड २५ लाख ९९ हजार ८२९ बराबरको सेयर खरिद बिक्री भयो । यस्तै एनआइसी एसिया एक कारेड २३ लाख दुई हजार ४०६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एक करोड आठ लाख ३६ हजार ३९७, कृषि विकास बैंक ९० लाख ३९ हजार ३६६, नेपाल बैंक लिमिटेड ८६ लाख १८ हजार ९४५ र रसुवागढी जलविद्युत् कम्पनीको ७४ लाख ४९ हजारबराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार हिमालयन ऊर्जा विकास कम्पनीका सेयरधनीले ६.७२ प्रतिशतले कमाउँदा माउन्टेन हाइड्रो ६.०२, नविल इक्विटी फण्ड ५.९१, सांग्रिला डेभलपमेन्ट बैंक ४.२९ र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३.७५ प्रतिशतका दरले कमाए ।
यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ४.४६, अरुण काबेली पावर ४.१०, कञ्चन डेभलपमेन्ट बैंक ३.८०, युनिभर्सल पावर कम्पनी ३.७५ र नाडेप लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.५४ प्रतिशतले गुमाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।