एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालद्वारा यूएई पराजित

काठमाडौं– एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले यूएईलाई पराजित गरेको छ ।

यू–१९ एसिया कपको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको हो । मंगलबार भएको खेलमा यूएईलाई १६० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।  

यसअघि नेपालले नेपालले यूएईलाई २८६ रनको विशाल लक्ष्य दिएको थियो । यूएईले ३४ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १२५ रन मात्र  बनायो । 

युएईका लागि भ्रिटिया अर्भिन्दले २८, अलिसान सर्फुले २१, ओसमान हसनले १६, सायद हाइदेरले १५, र असान टन्दोन १२ रनको योगदान गरे ।  

नेपालका लागि सागर ढकालले सर्वाधिक तीन विकेट लिए । आरिफ शेख, रासिद खान र सूर्य तामाङले दुई–दुई विकेट लिए । कमलसिंह ऐरीले एक विकेट लिए ।  

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको थियो ।





  • प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार १७:२५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया