सेप्टेम्बर ११ को आक्रमणको १८ वर्षपछि काबुलमा अमेरिकी दूतावासमा विस्फोट

एजेन्सी– आजकै दिन अमेरिकामा १८ वर्षअघि वल्र्ड ट्रेड सेन्टरमा आक्रमण भएको थियो । त्यसैले यो दिनलाई अमेरिकामा कालो दिनका रुपमा पनि लिइन्छ । 

आजकै दिन काबुलमा रहेको अमेरिकी दूतावासमा बुधबार ठूलो विस्फोट भएको छ । अहिलेसम्म यो विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । तर, अन्तर्राष्ट्रिय सन्चारमाध्यममा आएअनुसार प्रत्यक्षदर्शीहरुले ठूलो धुँवाको मुस्लो उडेको महसुस गरेका थिए । न्युज एजेन्सी शिन्वाका अनुसार यो रकेट बम ब्लास्ट थियो । 

यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान नेताहरुसँग शान्ति वार्ता रद्द गर्ने फैसला गरेपछि भएको हो । यो वार्ता ८ सेप्टेम्बरमा हुने तय भएको थियो । तर, अमेरिकी राष्ट्रपति ट्रम्पले ५ सेप्टेम्बरमा कार बम विस्फोटमा एक अमेरिकी सैनिकसमेत १२ जनाको मृत्यु भएपछि वार्ता नगर्ने निर्णय गरेका थिए ।

१८ वर्षअघि वल्र्ड ट्रेड सेन्टर तथा पेन्टागनमा भएको विस्फोटमा २९८३ जनाको मृत्यु भएको थियो । यो आक्रमण अल कायदाले जिम्मेवारी दिउको थियो । सन् २०११ को मे महिनामा ओसामा बिन लादेनलाई अमेरिकी सेनाले मारिदिएको समाचार बाहिर आएको थियो ।





  • प्रकाशित मिति : भदौ २५, २०७६ बुधबार १२:२९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया