लक्ष्मण थारुको चेतावनी– संविधान दिवसमा सरकारले गर्ने दीपावली तहसनहस पारिदिन्छौँ

काठमाडौं– थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले संविधान दिवसको दीपावली तहसनसह पारिदिने चेतावनी दिएका छन् ।

संविधानमाथि नै असन्तुष्टि पोखिरहेको मोर्चाले संविधान दिवसलाई कालो दिन भन्दै प्रदर्शन गर्न लागेको छ । ‘सरकारले मनाउने असोज ३ गतेको संविधान दिवसको दीपावलीलाई हामी तहसनहस पार्छौं,’ आज रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा मोर्चा संयोजक थारुले चेतावनी दिए । 

प्रधानमन्त्री केपी शर्मा ओली दमनकारी बाटोमा लागेको भन्दै संयोजक थारुले सिधासिधा सरकारसँगै लड्ने बताए ।

आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपांगता भएका व्यक्ति तथा विभिन्न पहिचानवादी राजनीतिक दल, मोर्चा तथा समितिले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गर्न रिपोर्टर्स क्लबमा संयुक्त पत्रकार सम्मेलन गरेका थिए । 





  • प्रकाशित मिति : भदौ २५, २०७६ बुधबार १६:५०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया