घट्न सक्छ सुनको भाउ

काठमाडौं– गएको बुधबार अन्तर्राष्ट्रिय बजारमा ६ वर्षकै उच्च मूल्यमा किनबेच भएको सुनको भाउ एक सातामा ६० डलर प्रतिआउन्स घटेको छ । पछिल्लो साता नेपालमा पनि सुनको मूल्यमा गिरावटको संकेत देखिएको छ ।

विश्लेषकहरुका अनुसार यो गिरावट अझै एक महिनाजति कायम रहन सक्छ । 

शुक्रबारदेखि पितृपक्ष (सोह्रश्राद्ध) सुरु हुँदै छ । पितृपक्षभर नेपाली तथा भारतीय हिन्दु समाजमा सुनको माग अत्यन्तै कम हुन्छ । त्यसैले पनि आन्तरिक बजारमा सुनको माग घट्न गई मूल्यमा गिरावट आउन सक्छ ।

दसैँ–तिहारमा सुनको माग अलि बढ्नेछ । मंसिर लागेपछि भने विवाहको चापले सुनको माग ह्वात्तै बढ्नेछ । त्यतिखेर सुनको मूल्य फेरि बढ्ने विश्लेषकहरुलको अनुमान छ ।

यद्यपि, सुनको मूल्यमा आन्तरिकभन्दा बढी बाह्य कारणले भूमिका खेल्ने हुँदा अन्तर्राष्ट्रिय बजारको उतारचढाब कस्तो रहन्छ, त्यसले नै मूलतः सुनको मूल्यमा अन्तर ल्याउनेछ । पछिल्लो अवस्थालाई हेर्दा अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालै लाग्ने संकेत देखिन्छ । 





  • प्रकाशित मिति : भदौ २५, २०७६ बुधबार १७:३३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया