खेल हैन, अब जंगल हेर्न स्टेडियम !

एजेन्सी– ग्लोबल वार्मिङविरुद्ध अभियान चलाइरहेका स्विस आर्टिस्ट क्लाउस लिटम्यानले अस्ट्रियाको एक फुटबल स्टेडियमभित्र जंगल बनाएका छन् ।

‘जंगल जहाँकहीँ बनाउन सकिन्छ भन्ने सन्देश दिन’ उनले क्लागनफर्ट सहरको वार्गेसी स्टेडियममा ३०० भन्दा बढी रुख हुर्काएका हुन् । यो जंगलमय स्टेडियम छिटै सर्वसाधारणका लागि खुला गर्ने तयारी भइरहेको छ । 

मानिसलाई जंगलप्रति जागरुक बनाउने र ग्लोबल वार्मिङको खतरादेखि सचेत गराउने अभियानको एक हिस्सा हो यो । यो जंगल ‘डायस्टोपियन’ कलाबाट प्रेरित छ । यो एक ‘इन्स्टलेसन आर्ट’ हो, जसले अहिले पूरै दुनियाँको ध्यान खिचिरहेको छ । 

लिटम्यानले अस्ट्रियाका कलाकार तथा आर्किटेक्ट म्याक्स पिन्टनरको सहयोगमा यो कार्य पू्रा गरेका हुन् । 



३० वर्ष पुरानो डायस्टोपियन कलाबाट प्रेरित लिटम्यानले रुखहरुलाई पंक्तिबद्ध गरेर कलात्मक जंगल तयार गरेका छन् । भिन्न–भिन्न प्रजातिका रुखका लहरले जंगललाई सुन्दर र कलात्मक बनाएका छन् । 



यो व्यावसायिक फुटबल खेल हुने स्टेडियम हो । स्टेडियममा हुर्काइएको जंगल अक्टोबरसम्म मात्रै यहाँ रहनेछ । त्यसपछि यसलाई अन्य सहरमा स्थानान्तरण गरिनेछ । 

  • प्रकाशित मिति : भदौ २५, २०७६ बुधबार २३:२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया