बेलायतमा बदलिएको नीतिः नेपाली विद्यार्थीलाई कति फाइदा ?

एजेन्सी— बेलायतमा अब अन्य देशबाट पुगेका विद्यार्थीहरुले पढाई पूरा गरेपछि दुई वर्षसम्म बसेर काम गर्न पाउने भएका छन् । बेलायतको गृह मन्त्रालयले ल्याएको नयाँ प्रस्तावमा यसको घोषणा गरिएको हो । 

यो नयाँ प्रस्तवाले सन् २०१२ मा तत्कालीन गृहमन्त्री रहेकी थेरेसा मेको निर्णयलाई परिवर्तन गरिदिनेछ । मेले त्यति बेला विदेशी विद्यार्थीले आफ्नो पढाइ सकेको चार महिनापछि नै बेलायत छोड्नु पर्ने प्रावधान ल्याएकी थिइन् । 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बदलिएको यो कानुनले विदेशी विद्यार्थीलाई आफ्नो क्षमता प्रदर्शन गर्न र बेलायतमा आफ्नो करिअर सुरु गर्न सहज हुने बताएका छन् । 

तर, यसलाई बेलायतकै माइग्रेसन वाचले पिछडिएको कदमका रुपमा बताएको छ । 

यो कानुन अबको वर्षदेखि बेलायतमा पढ्न जाने विद्यार्थीहरुका लागि लागु हुने बताइएको छ । गत वर्ष बेलायतमा अन्य देशबाट पढ्नका लागि साढे चार लाख विद्यार्थी पुगेका थिए ।

नयाँ निमयको फाइदा विदेशी विद्यार्थीलाई निकै धेरै हुने बताइएको छ । 



अहिले बेलायतमा झन्डै पाँच लाख विदेशी विद्यार्थीले अध्ययन गरिरहेको बताइन्छ । यसमा दुई तिहाई चाहिँ युरोपेली देशहरुभन्दा बाहिरका विद्यार्थी छन् । 

बेलायतमा प्रत्येक वर्ष ४० हजार स्टुडेन्ट भिसाको अवधि बढाइन्छ । उनीहरुले त्यहाँ आफ्नो कोर्ष सकेपछि फेरि अर्को कोर्षमा पढ्नका लागि आवेदन दिएका हुन्छन् । यसको अर्थ पछिल्ला वर्षमा झन्डै एक लाख विद्यार्थीले चाहिँ आफ्नो पढाइ सकिएपछि फर्किने गरेको मानिएको छ । 



बेलायतमा आएको यो परिवर्तनले नेपाली विद्यार्थी बेलायत जाने क्रम बढ्न सक्ने अनुमान गरिएको छ । ‘यसअघि बेलायतभन्दा अष्ट्रेलिया बढी आकर्षणमा थियो,’ बागबजारमा शैक्षिक परामर्श संस्था चलाएर बसेका एक सन्चालकले भने, ‘अब बेलायतमा आएको यो परिवर्तनले त्यहाँ जाने नेपाली विद्यार्थीको संख्या बढ्ने देखिन्छ ।’ पछिल्लो समय अष्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीको भिसा रिजेक्ट रेट बढिरहेकाले पनि बेलायत चासोमा पर्न सक्ने उनले बताए ।

  • प्रकाशित मिति : भदौ २६, २०७६ बिहीबार १०:२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया