अवैध असुली आरोपमा गिरफ्तार गृहमन्त्रीका साहिँला भाइको अदालतमा बयान

काठमाडौं– अवैध असुली आरोपमा पक्राउ परि हिरासतमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलका भाइ नरेशकुमार थापा र अन्य सात जना प्रतिवादीमाथि काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ ।

सरकारी वकिल कार्यालयले मंगलबार मुद्दा बुझाएको थियो । बुधबारबाट प्रतिवादीहरुको बयान थालिएको हो । 

सरकारी वकिल कार्यालयले थापासहित अन्य नौ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । प्रहरीले नौजनाविरुद्ध नै अनुसन्धान सुरु गरेको थियो । 

प्रहरीले गृहमन्त्रीका भाइ नरेशको गुन्डा नाइके समूहसँग पनि कनेक्सन रहेको विषयमा अनुसन्धान सुरु गरेको छ ।





  • प्रकाशित मिति : भदौ २६, २०७६ बिहीबार १४:२०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया