डेंगु नियन्त्रणमा सरकार असफल भन्दै कांग्रेस सांसदले मागे स्वास्थ्यमन्त्रीको राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सांसदले सरकारले डेंगु नियन्त्रण गर्न असफल रहेको निष्कर्ष निकाल्दै तत्काल स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । कांग्रेस सांसद सन्जयकुमार पौडेलले संसदमा बोल्दै सरकार मुकदर्शक बनेको र तत्काल स्वास्थ्यमनत्री उपेन्द्र यादवले राजीनामा दिनु पर्ने माग गरेका हुन् ।

‘सरकारले तत्काल संकटकाल घोषणा गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘सरकार मुकदर्शक भएर बस्न मिल्दैन, म तत्काल स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु ।’ 

उनले डेंगुले महामारीको रुप लिँदासमेत सरकारले कुनै काम नगरेको, स्वास्थ्यमन्त्री तथा स्वास्थ्यकर्मीहरु चुपचाप बसेको आरोप लगाएका छन् । 

‘मन्त्रीहरु पनि डेंगु लागेर अस्पताल भर्ना हुनुभएको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मी, ३ हजार जनतामा डेंगु देखिएको छ, तर, स्वास्थ्यमन्त्री मौन छन् । त्यसैले स्वास्थ्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ।’





  • प्रकाशित मिति : भदौ २६, २०७६ बिहीबार १४:३१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया