वाइल्डलाइफ फोटोग्राफर अफ द इयर २०१९
वर्षका १० उत्कृष्ट वाइल्डलाइफ फोटोग्राफी

लन्डन– लन्डनको नेचुरल हिस्ट्री म्युजियमले ५५ वर्षदेखि वन्यजन्तुका फोटो खिच्नेहरुको प्रतियोगिता ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’ गर्दै आएको छ ।

वाइल्डलाइफ फोटोग्राफीका क्षेत्रमा यो विश्वकै ठूलो र प्रतिष्ठित प्रतियोगिता हो । जहाँ, १०० भन्दा बढी देशबाट बर्सेनि ५० हजारभन्दा बढी फोटो प्रतिस्पर्धाका लागि पठाइन्छन् । 

प्रतियोगिताअन्तर्गत, म्युजियमले १२ देखि १७ विधाका उत्कृष्ट एक–एक फोटोग्राफीलाई पुरस्कृत गर्छ र वर्षभर प्रदर्शनीमा राख्छ । 

सुरुमा केही समय लन्डनस्थित म्युजियममा प्रदर्शनी चल्छ, त्यसपछि एक वर्षसम्म यी फोटोलाई ‘वर्ल्ड टुर’मा निकालिन्छ, विश्वका विभिन्न सहरमा प्रदर्शन गरिन्छ । विश्वभरका ५० लाखभन्दा बढीले यिनको अवलोकन गर्छन् । अन्त्यमा, सबै विधाका उत्कृष्टमध्येबाट एउटा सर्वोत्कृष्ट फोटोग्राफी छानेर छुट्टै पुरस्कार दिइन्छ । 

सबै विधाका छानिएका केही तस्विर समेटेर म्युजियमले बर्सेनि बुकलेट निकाल्छ । विश्वभरका फोटोग्राफीप्रेमीले यी बुकलेट संकलन गरेर राख्छन् । यस वर्षको बुकलेटमा जम्मा १०० वटा तस्विर समेटिनेछ । 

म्युजियमले यो वर्षका लागि ‘फर्स्ट लुक’ भनेर विभिन्न १० विधाका उत्कृष्ट वाइल्डलाइफ फोटोग्राफी सार्वजनिक गरेको छ । यो वर्षको प्रदर्शनी १८ अक्टोबरदेखि सुरु हुँदै छ । प्रदर्शनीको ‘फर्स्ट लुक’ यस्तो छ :



Lucky break by Jason Bantle, Highly Commended 2019, Urban Wildlife
Cool drink by Diana Rebman, Highly Commended 2019, Behaviour: BirdsIf penguins could fly by Eduardo Del Álamo, Highly Commended 2019, Behaviour: MammalsThe climbing dead by Frank Deschandol, Highly Commended 2019, Plants and FungiBeach waste by Matthew Ware, Highly Commended 2019, Wildlife PhotojournalismThe hair-net cocoon by Minghui Yuan, Highly Commended 2019, Behaviour: InvertebratesBig cat and dog spat by Peter Haygarth, Highly Commended 2019, Behaviour: MammalsSleeping like a Weddell by Ralf Schneider, Highly Commended 2019, Black and WhiteTouching trust by Thomas P Peschak, Highly Commended 2019, Wildlife Photojournalism

Canopy hangout by Carlos Pérez Naval, Highly Commended 2019, Young Wildlife Photographers: 11-14 years old



– सबै तस्बिर नेचुरल हिस्ट्री म्युजियमको वेबसाइटबाट

  • प्रकाशित मिति : भदौ २६, २०७६ बिहीबार २३:१७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया