एन्टिबायोटिक्सको प्रयोगः बढाउँछ मुटु खतरा
picture: Getty Images

एजेन्सी– हामीलाई सामान्य लाग्ने एन्टिबायोटिक्स स्वास्थ्यका लागि निकै हानिकारक हुनसक्ने एउटा अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरुले एन्टिबायोटिक्स र मुटुको समस्याबीच गम्भीर सम्बन्ध रहेको अध्ययनहरुबाट फेला पारेका छन् । 

पछिल्लो समय नेपालमा पनि एन्टिबायोटिक्सको प्रयोग बढ्न थालेको छ । हामी सामान्य टाउको दुखाइ वा पेट दुखाइ हुँदा होस् या ज्वरो आउँदा नै किन नहोस्, एन्टिबायोटिक्सको प्रयोग गर्छौँ । तर, साधरण लाग्न सक्ने भए पनि एन्टिबायोटिक्स हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।

एन्टिबायोटिक्सको अत्यधिक प्रयोगले हाम्रो मुटुमा रगत ब्लक हुने सम्भावना पनि बढ्छ । अमेरिकी कलेज अफ कार्डियोलोजी नामको एक जर्नलमा प्रकाशित अध्ययनका अनुसार फ्लुरोक्निोलोनको प्रयोगले हाम्रो मुटुमा मिट्रल रेगुरजिटेसनको समस्या देखिन्छ । यसले हाम्रो शरीरको रगतलाई बाक्लो बनाउने र त्यो रगत मुटुमा नै जम्ने सम्भावना बढ्ने अध्ययनमा देखिएको छ ।

बिनाकारण एन्टिबायोटिक्स सेवना गर्दा शरीरमा एन्टिबायोटिक्स रेजिज्सटेन्स पैदा हुने र त्यसले मुटुमा झन् गम्भीर समस्या उत्पन्न गर्ने पनि हुनसक्छ । 

यो अध्ययनका लागि रिसर्च टिमले ९० लाख बिरामीको र्यान्डम स्याम्पल जाँ गरिएको थियो ।





  • प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार ११:५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया