काठमाडौं– इन्द्रजात्रा हेर्न वसन्तपुर पुगेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी पक्राउमा पर्नेमा सेनाका पूर्व तथा बहालवाला अधिकारी पनि रहेका छन् ।
प्रहरीले पूर्वडिआइजी विजयराज भट्टलाई पनि पक्राउ गरेको छ । अहिले उनी र पक्राउ परेका अन्यलाई पुलिस क्लबमा राखिएको छ । प्रहरीले बहालवाला एक मेजरलाई पनि पक्राउ गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्रा हेर्न जाने कार्यक्रम रहेको र त्यहाँ उनको विरोध हुनसक्ने भन्दै यी व्यक्तिहरुलाई पक्राउ गरिएको एक प्रहरी अधिकारीले जनाए ।
‘खासमा यस्तो गर्नू भनेर माथिबाटै आदेश आएको थियो,’ उनले भने, ‘त्यसमा सेनाका अधिकारी पनि परेको कुरा मलाई पनि थाहा थिएन ।’
यता, सैनिक हेडक्वार्टरका आफ्ना बहालवाला मेजर पक्राउ गरिएपछि सैनिक अधिकारीहरु छलफलमा जुटेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।