बाँकेमा भएको आक्रमणको विरोधमा प्रदर्शन गर्ने कांग्रेसको घोषणा, दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानका क्रममा बिहीबार बाँकेमा भएको आक्रमणको विरोधमा नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ ।कांग्रेसले शुक्रबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, माइतीघर मण्डलामा प्रदर्शन गर्नेलगायत कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वक्ता विश्वप्रकाश शर्माले काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिको नेतृत्वमा शनिबार ८ बजे गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम राखिएको बताए । 

जागरण अभियानका क्रममा बिहीबार बाँकेको खजुरा नागपालिका २ सीतापुरमा सत्तारुढ नेकपाका कार्यकर्ताले आक्रमण गर्दा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको छ । त्यस्तै अन्य दर्जनौँ कार्यकर्ता घाइते भएका छन् । 

कांग्रेसले आन्दोलन घोषण गरेलगत्तै गृहमन्त्री रामबहादुर थापाले बाँकेको खजुरामा नेपाली कांग्रेसका नेता–कार्यकर्तामाथि कुटपिट गर्ने दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

गृहमन्त्री थापाले सो आक्रमणको घटनालाई लिएर कम्युनिस्टले कांग्रेसलाई पिटेको भन्ने अर्थमा फेसबुकबाट प्रचारबाजी गरेर चरित्र हत्या नगर्न विपक्षीलाई आग्रह पनि गरेका छन् । 

नेपाली कांग्रेस सो घटनामा संलग्नहरुलाई तत्काल कारबाही नगरे थप आन्दोलन घोषणा जनाएको छ ।





  • प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार १६:५३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया