चीनको भन्दा अगाडि छ भारतको आर्थिक विकासः आइएमएफ
आइएमएफ प्रवक्ता ग्यारी राइस

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले भारतीय अर्थव्यवस्था अगाडि बढ्ने सम्भावना कम भएको बताएको छ । आइएमएफले भारतमा आर्थिक विकास अनुमानभन्दा कम भइरहेको जनाएको हो । 

तर, योसँगसँगै आइएमएफले यो पनि भनेको छ कि भारतको विकास दर कम हुँदा पनि भारतीय अर्थतन्त्र चीनभन्दा अगाडि हुने र विश्वमा सबैभन्दा छिटो विकास गर्ने ठूलो अर्थतन्त्रका रुपमा भारत चिनिने जनाएको छ । 

आइएमएफका प्रवक्ता ग्यारी राइसले भनेका छन्, ‘हामी नयाँ तथ्याङ्क पेश गर्नेछौँ तर कर्पोरेट तथा पर्यावरणीय नियामककी अनिश्चितता एवं केही बैकिङ तथा वित्तीय कम्पनीको कमजोरीका कारण अहिले भारतको आर्थिक वृद्धि सोचिएभन्दा धेरै नै कमजोर भएको छ ।’

यो आर्थिक वर्षमा अप्रिलदेखि जुनसम्म भारतको विकास दर सात वर्षमा सबैभन्दा कम अर्थात् ५ प्रतिशत रहेको छ । गत वर्ष यो विकास दर ८ प्रतिशत थियो । 

यसअघि आइएमएफले भारतको आर्थिक विकास दर ७.५ प्रतिशत हुनसक्ने अनुमान गरेको थियो । भारत सरकारले केही अघि सार्वजनिक गरेको रिपोर्टमा उत्पादनमुलक कम्पनी तथा कृषि क्षेत्रमा गिरावट देखिएको थियो । यसैले त्यहाँको अर्थतन्त्र कमजोर हुँदै गएको विश्लेषण छ ।





  • प्रकाशित मिति : भदौ २८, २०७६ शनिबार १०:४१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया