सेप्सिसः एक घातक रोग, यो जानकारीले बचाउन सकिन्छ जीवन

एजेन्सी– हरेक वर्ष १३ सेप्टेम्बरमा विश्व सेप्सिस दिवस मनाइन्छ । सेप्सिस निकै घातक रोग हो । यो रोगका कारण बिरामीको ज्यान पनि जानसक्छ ।

सामान्य अवस्थामा हेर्ने हो भने इन्फेक्सन हुँदा हाम्रो रगतमा एकप्रकारको केमिकल मेसेन्जर रिलिज हुन्छ । यसलाई प्रोस्टाग्लन्डिन भनिन्छ । यसको काम भनेको चाहिँ त्यो इन्फेक्सन शरीरभर नफैलियोस् भन्ने हो । 

तर, जब शरीररले यसलाई रेस्पोन्ड गर्न सक्दैन, त्यो अवस्थालाई सेप्सिस भनिन्छ । यसले नियन्त्रणबाहिर गएर नै शरीरलाई ड्यामेज गर्छ । 

यो अवस्थामा शरीरमा विभिन्न अंगले एकैपटक काम गर्न छोड्न सक्छन् । जसले शरीरलाई निकै ठूलो नोक्सानी पुर्याउँछ । सेप्सिसका कारण बिरामीको रक्तचाप पनि निकै कम हुन्छ । जसले गर्दा बिरामीको मृत्यु पनि हुनसक्छ । 

 

के हुन त सेप्सिसका लक्षण ?
  – शरीरमा हुने इन्फेकसन जस्तै निमोनिया, विभिन्न घाउ तथा युरिनरी ट्र्याक इन्फेक्सन । 
  – शरीरको तापक्रम १००.९४ डिग्री फरेन्हाइट भन्दा बढी वा ९६.८ डिग्री भन्दा कम हुनु । 
–    ब्लडप्रेसरमा घटबढ 
–    मुटुको धड्कनको गति ९० बिट्स पर मिनटभन्दा बढी 
–    छिटोछिटो सास फेर्नु
–    पिशाब कम आउनु अथवा पूरै दिन पिशाब नआउनु



 

कसलाई हुनसक्छ सेप्सिस ? 
–    बालबालिका अथवा बुढापाकामा
–    कमजोर इम्यून सिस्टम भएकामा
–    डायबिटिज वा सिरोसिस भएकाहरुलाई 



 

सेप्सिसबाट कसरी बच्ने ?
–    फ्लू, निमोनिया वा अन्य इन्फेकसन भएमा तुरुन्त भ्याक्सिन लगाउनुपर्छ । 
–    स्वच्छ रहने, घाउ भएमा दिनहुँ सफा गर्ने । 
–    इन्फेक्सनको शंका भएमा तुरुन्त डाक्टरसँग सम्पर्क गनुपर्छ ।
 

  • प्रकाशित मिति : भदौ २८, २०७६ शनिबार १०:५७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया