एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार एक विज्ञप्ती जारी गर्दै अल कायदाका नेता ओसामा बिन लादेनका छोरा हाम्जा बिन लादेन अमेरिकी आक्रमणमा मारिएको दाबी गरेका छन् ।
अमेरिकाले ओसामाको निधनपछि अलकायदालाई हाज्माले नै नेतृत्व गरिरहेको विश्वास गथ्र्यो ।
तर, ट्रम्पले हाम्जा कहिले मारिएका हुन् भन्नेबारे केही बताएका छैनन् । उनी अफगानिस्तान र पाकिस्तानी क्षेत्रमा अमेरिकी सेनाको कारवाहीमा मारिएको चाहिँ ट्रम्पले दाबी गरेका छन् ।
‘हाम्जा मारिनुले अल कायदामा मुख्य नेतृत्वको कमी हुने मात्र होइन, त्यो समूहका विभिन्न गतिविधिमाथि पनि अब नियन्त्रित हुनेछन्,’ ट्रम्पले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले हाम्जाले पछिल्लो समय विभिन्न आतंकवादी गतिविधिको नेतृत्व गरिरहेको पनि दाबी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।