देउवाले भने– राजतन्त्र कुनै हालतमा फर्किँदैन

दाङ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा नेपालमा राजतन्त्र नफर्किने बताएका छन् । उनले दाङमा सन्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । 

‘निकै ठूलो संघर्षबाट फालिएको राजतन्त्र फेरि फर्किन्छ भन्नु गलत हो,’ उनले भने, ‘राजतन्त्र फर्किँदैन, यस्तो हल्ला नगरौँ ।’

त्यति मात्र होइन, देउवाले दाङमा एनसेल, वाइडबडीबारे पनि बोले । उनले भने, ‘एनसेलको त मैले नाम नै सुनेको छैन, वाइडबडीका विषयमा पहिलो पटक मैले नै कुरा उठाएको हुँ ।’

देउवाले बाँकेमा कांग्रेस सभापतिमाथि भएको आक्रमणको भत्र्सना पनि गरे । उनले सरकारले बाँके सभापतिमाथि आक्रमण गर्ने नेता तथा कार्यकर्तालाई सरकारले तत्काल कारवाही गर्नु पर्ने माग पनि राखे । – रासस





  • प्रकाशित मिति : भदौ २८, २०७६ शनिबार १९:५७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया