पाेखरामा भारतीय पर्यटककाे मृत्यु

कास्की— पाेखरा भ्रमणमा आएका एक भारतीय पर्यटकको शनिबार मृत्यु भएको छ । पोखरा महानगरपालिका-१ केआई सिंह पुलस्थित सेती नदीको खोच अवलोकनका लागि पुगेका महाराष्ट्र मुम्बई घर भएका ७२ वर्षीय प्रभुदास कन्जी महेरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पार्कमा घुम्ने क्रममा महेर अचानक लड्न गई बेहोस भएका थिए । बेहाेसपछि साथी र आफन्तले उनलाई उपचारको लागि अस्पताल लगेका थिए ।

अस्पतालका चिकित्सकले जाँच गरेपछि उनलाई मृत घोषणा गरेका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादर कार्कीले जानकारी दिए । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।





  • प्रकाशित मिति : भदौ २८, २०७६ शनिबार २०:४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया