‘सलमानले दिएको घर’बारे फेरि बोलिन् भारतकी नयाँ सेलेब्रिटी रानु मन्डल

एजेन्सी– सामाजिक सन्जालबाट स्टार बनेकी भारतकी नयाँ सेलेब्रिटी रानु मन्डलबारे केही दिनयता सलमान खानले उनलाई घर गिफ्ट गरेको समाचार आइरहेको छ । तर, यो समाचार गलत भएको सावित भइसकेको छ । तर, यसको चर्चा सेलाएको छैन । 

रानु मन्डलले पनि यसबारे बोल्न छोडेकी छैनन् । नवभारतटाइम्सलाई उनले दिएको अन्तर्वार्तामा चाहिँ उनले भनेकी छिन्, ‘मलाई सलमान खानले कुनै घर गिफ्ट गरेका छैनन् । यदि दिएका हुन्थे भने उनले कुनै न कुनै अनाउन्समेन्ट गर्थे होलान् नि ।’

रानु मन्डले आफूलाई सलमान खानको गीतमा गाउन मन भएको चाहिँ बताएकी छिन् । उनले त्यो अन्तर्वार्तामा हिमेशलाई धन्यवाद दिँदै लता मंगेशकरबारे पनि बोलेकी छिन् । उनले भनेकी छिन्, ‘लताजी मेरो सिनियर हुनुहुन्छ, मलाई बच्चैदेखि उहाँको आवाज मन पथ्र्यो ।’





  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार ९:३०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया