जिब्राे छेड्न तयार भएनन् काेही, राेकियाे जात्रा

काठमाडाैं– गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडे ।

विसं २०६३ देखि रोकिएकाे याे जात्राले फेरि जीवन पायाे । तर, याे वर्ष फेरि जिब्राे छेड्ने व्यक्ति नभएपछि जात्रा राेकिएकाे छ ।

जिब्रो छेडाउने व्यक्ति मध्यपुरथिमिका श्रेष्ठ थरकै हुनुपर्ने प्रचलनअनुसार चेंया पुन्हिया मेय प्वाः खनेगु जात्रा व्यव्स्थापन समितिको संयोजनमा जात्रा मनाए पनि समितिले समेत यस वर्ष अर्को व्यक्ति तयार गर्न नसक्दा जात्रा रोकिएको हो ।

२५ वर्षअघिदेखि बन्द भएर लोप हुने अवस्थामा पुगेको यो जात्रा कृष्ण नानीचा श्रेष्ठले विसं २०५२, २०५७ र २०६३ मा गरी १० वर्षमा तीनपल्ट जिब्रो छेडाएका थिए ।

त्यसपछि गत वर्ष स्थानीय युवाले समिति नै बनाएर जात्रा जोगाउने अभियान सञ्चालन गरेपछि विसं २०७४ मा बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले र विसं २०७५ मा थिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेर जात्रा सञ्चालन गरेका थिए ।





  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार १२:५३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया