पछिल्लो भिडियोमा प्रेम सन्जेलः महिलालाई होच्याउने, मुखमा जे आयो त्यही बोल्ने

काठमाडौं– श्रम तथा रोजगार कार्यालय विराटनगरमा आएको दुई महिना पनि नबित्दै आफ्नो सरुवा भएपछि त्यसको विरोधमा नेपाल सरकारका उपसचिव प्रेम सन्जेलले पत्रकार सम्मेलन गरे । 

यो केही समयअघिको कुरा हो । पत्रकार सम्मेलनमा सन्जेल निकै कड्किए । त्यसपछि उनी सामाजिक सन्जाल तथा युट्युबरहरुको आँखामा पर्न थाले । अनेक विषयमा आफ्ना मत राख्न थाले । 

कडा शब्द, रुखो बोल्ने शैलीका कारण प्रेमलाई सुन्नेहरु धेरै भए । 

अद्यापि अहिले पनि प्रेम सन्जेल चर्चामा नै छन् । त्यसैले उनलाई फलो गर्नेहरु पनि बढिरहेका छन् । 

केही दिनयता तिनै प्रेम सन्जेलको एउटा भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । 

विराटनगरमा रहेको सन्जेलको श्रम तथा रोजगार कार्यालयमा उनले गरिरहेको एउटा कामको भिडियो युवा मन नेपाल नामको युट्युबमा राखिएको छ । यही भिडियोबाट विभिन्न क्लिप अहिले फेसबुक तथा ट्विटरमा भाइरल भइरहेको छ । 



तर, भिडियोमा प्रेम सन्जेलले जे बोलेका छन्, त्यो हाम्रो समाजमा सुहाउँदा छैनन् । कतिसम्म भने उनले केही युवाहरुलाई कमजोर संकेत गर्दै भनेका छन्– जुँगा भएका महिलाहरु । 

एकजना कसैले पैसा लिएको र फिर्ता नगरिदिएको उजुरी लिएर पाँच जना युवाहरु सन्जेलको अफिसमा कुराकानी गर्न पुगेका रहेछन् । उनले ती ठगिएका ती युवाहरुलाई पैसा लिएर भागेका ती व्यक्तिसँग सम्पर्क गराउँछन् । ठगिएका युवाहरु धन्यवाद भन्दै बाहिर निस्कन्छन् । त्यति बेला प्रेम सन्जेल भन्छन्– जुँगा भएका महिलाहरु । 



त्यसपछि उनले नेपाली समाजमा अपाच्य केही शब्दहरु बोलेका छन् । 

महिलालाई के यति कमजोर देख्छन् प्रेम सन्जेल ? 

भिडियोमा लगत्तै त्यहाँ नै एक महिला देखिन्छन् । 

यी सब कुरा भुलेर अहिले सामाजिक सन्जालमा चाहिँ काम गर्ने मान्छे भनेको प्रमे सन्जेलजस्तो हुनुपर्छ भन्ने टिकाटिप्पणी भइरहेको छ ।

हामीले यो भिडियोबारे प्रष्ट हुन यो भिडियो युट्युबमा अपलोड गरेका युवा मन नेपालका किशोर श्रेष्ठलाई सम्पर्क गर्यौँ । 

‘हामी आफैं गएर खिचेको भिडियो हो त्यो,’ उनले भने, ‘प्रेम सर चाहिँ मिडियामा आउन खासै खोज्नुहुँदैन । उहाँको अफिसमा हामी पुगेका हौँ ।’

अपशब्द र महिलालाई होच्याउने शब्दमात्र होइन, प्रेम सन्जेलले आफ्नो कार्यालयमा आएका सेवाग्राहीहरुलाई पनि निकै रुखो पारामा थर्काएको भिडियोमा देख्न÷सुन्न सकिन्छ ।

एउटा सरकारी कर्मचारीले सेवा लिन आएका आम जनतामाथि गर्ने व्यवहार यस्तै हो त ? 

‘यो खासमा मनोरोग हो,’ एक मनोविद्ले भने, ‘केही व्यक्तिहरुलाई उनीहरुको कार्य प्रशंसा गर्दै गइदिँदा आफ्नो सतह र स्थान बिर्सिन्छन् अनि जे मन लाग्छ त्यही गर्न थाल्छन् ।’

तर, प्रेमको बोली र भाषा त्यतिमा मात्र सिमित छैन । यही भिडियोका विभिन्न क्लिप विभिन्न सामाजिक प्लेटफर्ममा सेयर गर्दै मानिसहरु प्रेम सन्जेलको वाहवाही गरिरहेका छन् । 

महिलालाई होच्याउनु, कार्यालयमा बसेर जथाभावी शब्द बोल्नु के हामीलाई पाच्य हुन थालेको हो ? कि सरकारका उपसचिवले जे मन लाग्छ त्यही बाेल्दा हुन्छ, त्याे पनि आफ्नै कार्यालयमा ?

हेर्नुहोस्, अहिले चर्चामा रहेको र प्रेम सन्जेलले मनपरी बोलेको यो भिडियोः
 

  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार १४:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया