ज्ञानेन्द्र शाहीलाई प्रहरीकाे सुरक्षा

काठमाडाैं— भ्रष्टाचार विरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले शनिबार पुल्चोकमा आयोजना गरेको पत्रकार सम्मेलनमा झडप भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालगञ्ज विमानास्थलमा पर्यटन मन्त्री योगेश भट्टराईका कारण विमान उड्न ढिलाई भएको विषयमा शाहीले पत्रकार सम्मेलन गर्दै थिए ।

पत्रकार सम्मेलनकै क्रममा भनाभन भएको र झडप हुने अवस्था आएपछि शाहीलाई सुरक्षाका लागि ललितपुर महानगरीय प्रहरी परीसर लगिएको हो ।

परीसरका एसएसपी टेक राईले शाहीलाई नियन्त्रणमा लिएको नभई सुरक्षाका लागि परीसर ल्याइएको बताए । ‘पत्रकार सम्मेलनमा अवस्था तनावपूर्ण भएपछि उहाँ (शाही)लाई सुरक्षाका लागि ल्याएका हौं,’ राईले भने, ‘पक्राउ वा नियन्त्रण केही हैन् ।’

उनलाई प्रहरीले छाेडिसकेकाे छ ।





  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार १४:४८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया